कञ्चनपुरमा ‘एड-टेक राउन्डटेबल’ आयोजना हुँदै

  • कञ्चनपुर । सुदूरपश्चिमको शैक्षिक विकासमा नयाँ आयाम थप्ने उद्देश्यले नोट स्विफ्ट प्रा.ली.ले कञ्चनपुरमा नेपालमै पहिलो पटक ‘एड-टेक राउन्ड टेबल’ आयोजना गर्ने भएको छ। ‘फर दि फ्युचर अफ एजुकेसन इन नेपाल’ अर्थात् ‘नेपालको शिक्षाको भविष्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम चैत २५ गते महेन्द्रनगरमा हुनेछ।

 

शनिवार आयोजित पत्रकार सम्मेलनमा नोट स्विफ्टले ग्रामीण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरू पहिचान गरी नवीन प्रविधिमैत्री समाधानहरू खोज्न यो राउन्ड टेबल आयोजना गर्न लागेको जानकारी दिएको छ। कार्यक्रममा सुदूरपश्चिमका १० जना प्रतिष्ठित शिक्षाविद्हरूको सहभागिता रहनेछ, जसले ग्रामीण क्षेत्रको शैक्षिक अवस्थामा सुधार ल्याउने विषयमा गहन छलफल गर्नेछन्।

 

नोट स्विफ्टका संस्थापक विकास पाण्डेयले यो कार्यक्रम प्रत्यक्ष दर्शकबिना डिजिटल माध्यमबाट प्रसारण गरिने र यसले नीति निर्माताहरू र शिक्षा प्रवर्द्धकहरूलाई शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने लक्ष्य राखेको बताए। उनले नेपालको ग्रामीण शिक्षा प्रणाली प्रविधिबाट अछुतो रहेको र प्रविधिको सहायताले यी खाडलहरू पूर्ति गर्न सकिने बताए।

 

“हाम्रो मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच बढाउन र गुणस्तर सुधार गर्न प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नु हो,” पाण्डेयले भने, “यो राउन्ड टेबलले नीति निर्माताहरू, शिक्षाविद्हरू, र प्रविधि विशेषज्ञहरूलाई एकसाथ ल्याएर शिक्षा क्षेत्रमा नवीन समाधानहरू खोज्न मद्दत गर्नेछ।”

 

कार्यक्रमका मुख्य उद्देश्यहरूमा ग्रामीण नेपालका शैक्षिक चुनौतीहरू पहिचान गर्ने, नेपालको आवश्यकता अनुरूप नवीन एड-टेक समाधानहरू खोज्ने, प्रविधिलाई शिक्षाको अभिन्न अङ्ग बनाई परम्परागत शिक्षा प्रणाली परिमार्जन गर्ने र नीति निर्माताहरूलाई डिजिटल शिक्षामा लगानी बढाउन प्रेरित गर्ने रहेका छन्।

 

कार्यक्रमबाट ग्रामीण नेपालका शैक्षिक अवस्थाको विस्तृत प्रतिवेदन, नीति निर्माणमा एड-टेक समाधानहरू समावेश गर्न सिफारिस, शैक्षिक संस्था र नीति निर्माताहरूबिच समन्वय, नेपालको शिक्षा प्रणालीको डिजिटल रूपान्तरणका लागि कार्य योजना र डिजिटल माध्यमबाट शैक्षिक समानताको प्रवर्द्धन जस्ता अपेक्षित परिणामहरू प्राप्त हुने बताइएको छ।

 

कार्यक्रमका प्रमुख वक्ताहरूमा फारवेस्टर्न युनिभर्सिटी, इन्जिनियरिङ सङ्कायका डीन प्रा. डा. किरण दत्त भट्ट, राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखा राम दत्त भट्ट, सार्क एजुकेसनल फाउन्डेसनका सिइओ डा. लक्ष्मण बस्नेत, ब्रिक्सटन कलेजका निशा भट्ट, वेदा एपका सिइओ निर्देश द्वा, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक परमानन्द नाथ, नोट स्विफ्टका संस्थापक विकास पाण्डेय रहेका छन् भने कार्यक्रम नोट स्विफ्टका सिओओ विशाल भट्टले सञ्चालन गर्नेछन्।

 

नोट स्विफ्टका सिओओ विशाल भट्टले यो कार्यक्रमले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। “हामीले यो कार्यक्रममार्फत ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई प्रविधिको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छौँ,” उनले भने, “यसले नीति निर्माताहरूलाई पनि प्रविधिमैत्री शिक्षाको महत्त्व बुझ्न र यसमा लगानी बढाउन प्रेरित गर्नेछ।”

 

नोट स्विफ्ट नेपालकै अग्रणी एड-टेक कम्पनी हो, जसले कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र डिजिटल शिक्षालाई प्रवर्द्धन गर्दै गुणस्तरीय शिक्षा सबैलाई उपलब्ध गराउने लक्ष्य राखेको छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?