सुदूरपश्चिम लगानी सम्मेलनको तयारी तीब्र, समन्वय र सहजिकरण समिति सबै जिल्ला पुग्ने

धनगढी ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्व तयारी तीब्र रुपमा चलिरहेको छ । तयारीकै क्रममा आगामी २७ गते प्रि सम्मेलन हुदैछ । मूल आयोजक लगायत बिभिन्न समिति गठन गरी तयारी थालिएको हो । त्यसै क्रममा पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलको संयोजकत्वमा गठित समन्वय तथा सहजिकरण समितिको बैठक बुधबार आन्तरिक मामिला मन्त्रालयको सभाकक्षमा सम्पन्न भयो । बैठकमा सम्मेलन आयोजना गर्नुको औचित्य, आवश्यकता र महत्वका बारेमा छलफल गरिएको छ । समितिको कर्तब्य र जिम्मेवारीका बारेमा समेत सदस्यहरुलाई जानकारी दिइएको छ ।

समितिका संयोजक रावलका अनुसार सम्मेलन आयोजना सम्बन्धमा बिभिन्न पक्षहरु बीच समन्वय र सहजिकरण गर्ने तथा राजनीतिक वातावरण बनाउन तीन वटा समूह बनाएर प्रदेशका ९ वटै जिल्लामा अर्न्तक्रिया गर्ने निर्णय बैठकले गरेको छ ।

पूर्व मुख्यमन्त्री रावलको संयोजकत्वमा गठित सहजिकरण समितिमा पूर्ब मुख्यमन्त्री त्रिलोचन भट्ट र दीर्घ बहादुर सोडारी सदस्य छन् । तीन जना पूर्व मुख्यमन्त्रीहरुले नेतृत्व गर्ने गरी तीन वटा समूह निर्माण गरी ९ वटै जिल्लामा सम्मेलनबारे छलफल र वातावरण बनाउने निर्णय बैठकले गरेको रावलले जानकारी दिएका छन् । पूर्ब मुख्यमन्त्री रावलले बैठकमा लगानी सम्मेलनका विषयवस्तुबारे प्रस्तुतीकरण गरेका थिए । बैठकमा समिति सदस्य समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, आर्थिक मामिला मन्त्रालयका राज्यमन्त्री प्रकाश बम, भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री निर्मला साउद, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, विशेषाधिकार समिति सभापति तुलसी देवकोटा, कांग्रेस सचेतक गीता कुमारी चौधरीललगायतको उपस्थिति रहेको थियो ।

लगानी सम्मेलन आउदो असोज २ गते आयोजना गरिने र त्यसको पूर्ब तयारी स्वरुप २७ गते प्रि सम्मेलन राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री कमल बहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति, परराष्टमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै निर्देशन समिति र कार्यकारी समिति पनि गठन भएका छन् ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?