फुटबल संघलाई खेल सामग्री हस्तान्तरण

विकास सिंह महता
महेन्द्रनगर १३ चैत ।
कञ्चनपुर जिल्ला फुटबल संघलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
बुधबार राष्ट्रिय बाल विद्यालयको प्रांगणमामा एक कार्यक्रमका साथ जिल्ला फुटबल संघ लाई सामाजिक विकास कार्यालय महेन्द्रनगरले सुदूरपश्चिम प्रदेश सरकारका पुर्व मुख्यमन्त्री राजेन्द्र रावलको प्रमुख आतिथ्यतामा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले सामग्री हस्तान्तरण गरिएको हो ।

कञ्चनपुर जिल्ला फुटबल संघ जिल्ला कार्यालय महेन्द्रनगरले खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम २०८१ को आयोजना गर्दै सामग्री जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द एन्फा प्रशिक्षक पुष्कर शाही लाई हस्तान्तरण गरेको फुटबल संघका महासचिव नितेश रावलले बताएका छन्। उनले भने, सामाजिक विकास कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत विनियोजन ५ लाख बराबरको सामग्री प्रक्रियागत कञ्चनपुर जिल्ला फुटबल संघले आव्हान गरेको कोटेशन बाट छनौट भएको भेन्डरले खरिद गरेको सामग्री एक कार्यक्रमको आयोजनाका साथ हस्तान्तरण गरिएको हो।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, भीमदत्त नगरपालिका वडा न.४ का वडा अध्यक्ष सुशील कुमार भट्ट सामाजिक विकास कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख गोपाल दत्त जोशी फुटबल संघका पदाधिकारी लगायत खेलाडी खेलप्रेमि को उपस्थिति रहेको थियो ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?