उपमेयर कार्यक्रम अन्तर्गत मन्दिरलाई ईन्भटर सहयोग

तमान सिंह गुरुङ्ग
दोधारा १३ चैत ।

कञ्चनपुरको श्री कालिका माता मन्दिरमा उपमेयर कार्यक्रम अन्तर्गत ईन्भटर सहयोग गरीएको छ ।
दोधारा चाँदनी नगरपालिका–०९ मा रहेको श्री कालिका मन्दिरमा नगर उपप्रमुख गंगा देवी जोशीले उपप्रमुख कोषबाट एक थान ईन्भटर सहयोग गरेको हो ।

कालिका हाट बजारमा आयोजना हुन लागेको उक्त धार्मिक अनुष्ठानमा स्थानीय भक्तजनहरूको सक्रिय सहभागिता रहनुका साथै तेस्रो चण्डीपाठ यज्ञ चैत्र १७ देखि २५ गतेसम्म सञ्चालन हुने पण्डित गौतम जोशीले बताएका छन ।
चण्डीपाठ यज्ञमा धार्मिक प्रवचन, हवन तथा भजन–कीर्तन, झाँकीजस्ता कार्यक्रमहरू र अन्तिम दिन धार्मिक श्रद्धालुहरूलाई भण्डारामा पनि समावेस गरिने आयोजकहरूले जनाएका छन । यस अनुष्ठानले धार्मिक आस्था मजबुत बनाउनुका साथै समाजमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्रवाहित गर्ने विश्वास गरिएको छ ।

उपप्रमुख कार्यक्रमबाट पाएको ईन्भटर सहयोग उपलब्ध गराएकोमा नगर उपप्रमुख गंगा देवी जोशीलाई सम्पुर्ण मन्दिर टिम लगायत स्थानियहरुले धन्यवाद दिदै उहाँको समाजिक तथा धार्मीक कार्यप्रति सदैव योगदान रहने गरेको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उच्च सम्मानको साथै आभार प्रकट गरेका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?