उपमेयर कार्यक्रम अन्तर्गत मन्दिरलाई ईन्भटर सहयोग

तमान सिंह गुरुङ्ग
दोधारा १३ चैत ।

कञ्चनपुरको श्री कालिका माता मन्दिरमा उपमेयर कार्यक्रम अन्तर्गत ईन्भटर सहयोग गरीएको छ ।
दोधारा चाँदनी नगरपालिका–०९ मा रहेको श्री कालिका मन्दिरमा नगर उपप्रमुख गंगा देवी जोशीले उपप्रमुख कोषबाट एक थान ईन्भटर सहयोग गरेको हो ।

कालिका हाट बजारमा आयोजना हुन लागेको उक्त धार्मिक अनुष्ठानमा स्थानीय भक्तजनहरूको सक्रिय सहभागिता रहनुका साथै तेस्रो चण्डीपाठ यज्ञ चैत्र १७ देखि २५ गतेसम्म सञ्चालन हुने पण्डित गौतम जोशीले बताएका छन ।
चण्डीपाठ यज्ञमा धार्मिक प्रवचन, हवन तथा भजन–कीर्तन, झाँकीजस्ता कार्यक्रमहरू र अन्तिम दिन धार्मिक श्रद्धालुहरूलाई भण्डारामा पनि समावेस गरिने आयोजकहरूले जनाएका छन । यस अनुष्ठानले धार्मिक आस्था मजबुत बनाउनुका साथै समाजमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्रवाहित गर्ने विश्वास गरिएको छ ।

उपप्रमुख कार्यक्रमबाट पाएको ईन्भटर सहयोग उपलब्ध गराएकोमा नगर उपप्रमुख गंगा देवी जोशीलाई सम्पुर्ण मन्दिर टिम लगायत स्थानियहरुले धन्यवाद दिदै उहाँको समाजिक तथा धार्मीक कार्यप्रति सदैव योगदान रहने गरेको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उच्च सम्मानको साथै आभार प्रकट गरेका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?