सत्ताधारी काँग्रेस र एमाले युवा विद्यार्थीविच झडपले  कञ्चन बहुमुखी क्याम्पस गुलरियामा मत गणना रोकियो

कञ्चनपुर, चैत्र ५ 

सत्ताधारी नेपाली काँग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियुविच झडपले कञ्चनपुरको गुलरियामा मतगणना केही बेर स्थगित भएको छ ।

साँझ नेवि संघ र अनेरास्ववियुका युवा विद्यार्थीविच भएको एक आपसी वाद विवाद झडपमा परिणत भएपछि मतगणना बिचमै स्थगन भएको हो ।

नेकपा एमाले कृष्णपुरका अध्यक्ष कुबेर खडकाले काँग्रेस निकट युवा विद्यार्थीले मदिरा सेवन गरेर प्रहरीकै आडमा आफ्ना पाटी कार्यालय तोडफोडदेखि उम्मेवदबार राजेन्द्र खडकामाथि कुटपिट गरेको आरोप लगाएका छन ।

नेपाली काँग्रेसका नेता लेखराज भट्टले एमालेभित्रको आन्तरिक गुटउपगुटको उपज नेवि संघमाथि थुपारेको आरोप लगाउँदै उनले १६मत गणना बाँकी रहदा उनीहरुले हार्ने भएपनि विवाद झिकेको बताए ।

 कञ्चन बहुमुखी क्याम्पसमा नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका उम्मेदवार चुनावी मैदानमा थिए । कुल ३सय ९४मतदाता मध्ये ३सय ३४ मत खसेका थिए । सत्ताको भागडोर सम्हालेका काँग्रेस, एमाले दलकै विद्यार्थी आफै झडपमा उत्रिएपछि अन्य विद्यार्थी संघ संगठन हैरान भएका छन । आफै सत्तामा आफै झडप जस्ता गतिबिधीमा उत्रिएपनि सत्ता बाहिर रहेका दलका युवा विद्यार्थीलाई स्वयत्त सत्ताकै दलका युवा विद्यार्थी सरकारलाई सहयोग हो कि, सत्ताको घमण्डले ताण्डप मच्चाएर विद्यार्थीको अधिकार खोस्ने दुस्प्रयारमा लागेको भन्दै प्रशन गरिरहेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?