सुवर्ण प्रशाद जोशी, फागुन १७
बाह्रदेब ज्यावन सेवा समाजले सुदूरपश्चिम प्रदेशको संस्कृति सरक्षण गर्न लागेको सरोकारवालाहरुले बताएका छन । शनिबार भीमदत्त नगरपालिका ३नयाँ तिलकपुर स्थित नवदुर्गा कालिका आधारभूत विद्यालयको प्राङगणमा आयोजित समाजको तेस्रो बार्षिक साधारण सभामा समाजकै पदाधिकारी,सदस्य, समाजिक अगुवा एव जनप्रतिनिधी सहित सरोकारवालाहरुले समाजले सुदूरका संस्कृति सरक्षणमा कामकाज गर्दै आएको र आगामी चिरकालसम्म गर्नुपर्नेमा जोडदिएका छन ।
बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बाह्देब ज्यावन सेवा समाजका सदस्य हरिशंकर जोशीले सुदूरको बझाङ जिल्लाका देवीदेबताका नामबाट राखिएको बाह्देब ज्यावन समाजले लोक परम्परागत संस्कृति सरक्षण कार्यक्रम गर्दै आएको
बताए । समाजका अगुवा मानसिह बोहराले समाजले सुदूरको मौलिक लोक संस्कृतिलाई पुस्तान्तरण गर्नुपर्नेमा
जोडदिए । समाजका सचिव समेत रहेका नवदुर्गा कालिका आधारभूत विद्यालयका प्रद्यानाध्यापक नर बहादुर धामीले समाजले आफ्नो संस्कृति सरक्षणका लागि थुप्रै काम गरेको बताउँदै नयाँ पुस्तालाई देविदेउता, देवभूमि सहितका संस्कृति बारे जानकारी गराईको बताए ।
कार्यक्रममा भीमदत्त नगरपालिका ३का वडाध्यक्ष गगन सिह धामीले बाह्देब ज्यान सेवा समाजले आफ्नो मौलिक लोक संस्कृति सरक्षण गर्र्दै नयाँ पुस्तालाई समेत सिकाएर नैतिकवान बनाउनुपर्नेमा जोडदिए । भीमदत्त नगरपालिका ७का वडाध्यक्ष गणेश बहादुर चन्दले पनि समाजले सुदूरको संस्कृति सरक्षणका क्षेत्रमा कामकाज गर्दै आएको बताउँदै थप प्रर्बद्धनमा जोडदिए । कार्यक्रमकी बिशिष्ठ अथिति समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले आफुनो लोक परम्परा, संस्कृति सरक्षणमा समाजले भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले समाजको बृद्धि विकासका सहयोग गर्ने बचन दिएकी छिन । उनले आधुनिकतासंगै संस्कृति सस्कार लोभ भईरहेका बेला समाजलाई सहिदिशामा डो¥याउनका लागि संस्कृति सरक्षण अपरिहार्य रहेको बताईन । उपमेयर लेखकले समाजको बृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा भौतिक उपस्थिति हुन नसकेपछि सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलले आफ्ना स्वकीय सचिव ईन्द्र साउद मार्फत सन्देश पठाउँदै सुदूरको कला संस्कृति प्रर्बद्धनमा समाजलाई सक्दो सहयोगको सन्देश पठाएका थिए । कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री समाजले सुदूरको लोक संस्कृति सरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अर्थमन्त्री थापाले समाजलाई प्रदेश सरकारले समेत सहयोग गर्ने बचन दिएका छन ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत रहेका बाह्देब ज्यान सेवा समाजका अध्यक्ष गोपाल सिह धामीले समाजले तराईका छरिएका बाहदेब ज्यावनीहरुलाई सगठित गर्दै नयाँ पुस्ताहरुमा आफ्नो धर्म, कला, संस्कृति बारे जानकारी गराएको बताए । उनका अनुसार संस्था स्थापनादेखि धर्म, सस्कृतिका साथै थुप्रै समाजिक कामकाज गरेको बताए । कोरोना महामारीदेखि विभिन्न संकटमा परेका मानिसलाई आर्थिक, भौतिक सहयोग गरिएको बताए । आगामी दिनमा पनि सुदूरको लोक संस्कृति पहिचानका लागि प्रर्बद्धनात्मक कामकाजमा प्रतिज्ञा गरेका छन । कार्यक्रममा सुदूरको मौलिक संस्कृति झल्किने छलिया, दमाह बाजा, नृत्य प्रस्तुत गरिएका थिए । देउडा गायक रेखा जोशी र लक्ष्मण अधिकारीले देउडा गायर देउडा गित प्रर्बद्धनमा जोडदिएका थिए । समाजको बृद्धि विकासका लागि भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिसएको थियो । समाजका सदस्य समेत रहेका महाकाली जनसेवा माविका शिक्षक जगत बहादुर धामीले संचालन गरेको कार्यक्रममा समाजका पदाधिकारी, जनप्रतिनिधी, सदस्य, जनप्रतिनिधी, नागरिक समाजका अगुवा सहितको उपस्थिति रहेको थियो ।