छाडा पशुचौपाया व्यवस्थापन गर्दै दोधारा चाँदनी नगरपालिका

पप्पु गुरुङ्ग दाेधारा ०८ फागुन।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० महाकाली नदीको नजिक छाडा पशुचौपायालाई व्यवस्थापनको लागी गौशाला निमार्ण कार्यलाई अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । अहिले उक्त गौशालामा झण्डै ३ सय बढी छाडा पशुचौपायालाई राखिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाले शुदुरपश्चिम प्रदेश सरकार संग समन्वय गरि छाडा पशुचौपायालाई व्यवस्थापनको लागी गौशाला निमार्ण कार्यलाई अघि बढाउदै आएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० महाकाली नदीको छेउमा मेचिङ फण्डमा रु. २ करोडको पक्की तटबन्ध गरि जग्गा सुरक्षित गरिसकेपछि गौशाला निमार्ण कार्यलाई अघि बढाईदै आएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सुदुरपश्चिम प्रदेश सरकार कृषी मन्त्रालय अन्तर्गत रु. ३५ लाख र दोधारा चाँदनी नगरपालिकाको रु. १७ लाख मेचिङ फण्डबाट निमार्ण कार्य अघि बढाईएको हो । अहिले आएर घाँस तथा भुसा राख्नको लागी दोधारा चाँदनी नगरपालिकाले रु. १४ लाख बिनियोजन गरि निमार्ण कार्य अघि बढाईएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । पछिल्लो समय बढ्दै गएका छाडा पशुचौपायाले सवारी दुर्घटना बढ्नुका साथै नगर क्षेत्रमा रोपिएका बोट बिरुवामा नोक्सानी पुर्‍याउदै आएको छ् । गाँउ, बस्तीका किसानले लगाएका बालीनालीमा क्षती पुर्‍याउन थालेपछि दोधारा चाँदनी नगरपालिकाले छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको हो । नगरप्रमुख किशोर कुमार लिम्बुले आउने वर्षमा गौशालालाई उत्पादन संग जोड्ने र दुग्धको परिकार बनाउने सम्मको योजना सुदुरपश्चिम प्रदेश सरकार भुमी व्यवस्था मन्त्रालय संग मौखिक सहमती भएको नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । उक्त योजनाको लागी प्रस्तावना लेखनको तयारीमा नगरपालिका अघि बढिरहेको उहाँको भनाई रहेको छ् । छाडा पशुचौपायाले सताउन थालेको किसानको गुनासो सम्बन्धित वडा कार्यालय र नगरपालिका कार्यालयमा दिनहु पुगेपछि व्यवस्थापनको निम्ती दोधारा चाँदनी नगरपालिका कार्यालयले अल्पकालिन तथा दिर्घकालिन योजना बनाउन थालेको हो । जनजिविका संग सरोकार विषयमा गम्भीरतापूर्वक समस्या समधानमा लागिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

 

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?