मन्त्र अस्पताल र सैपाल ग्याँस प्रा.लि. विच सेवा प्रवाहका लागि सम्झौता

उपेश सिंह धामी महेन्द्रनगर ०८ फागुन ।

कञ्चनपुरको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र कैलालीको सैपाल ग्याँस प्रालि बीच बुधबार एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौतामा दुई पक्षले एक अर्कासँग सेवा प्रवाहका विषयमा सहकार्य गर्ने निर्णय गरेका छन्। सम्झौता अनुसार, अस्पताल र ग्याँस प्रा.लि. विच एक अर्कालाई विभिन्न सेवामा छुट प्रदान गर्ने छन् ।

सम्झौतामा अस्पतालले फार्मेसीमा ५ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । यसका साथै, ओपिडी सेवामा पनि २५ प्रतिशतसम्म छुट उपलब्ध गराइने छ । यस प्रकारको सहकार्यले स्वास्थ्य सेवाको पहुँचलाई सामान्य जनतासम्म पुर्याउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।

सम्झौतामा हस्ताक्षर गर्ने क्रममा अस्पतालका निर्देशक डा. गोबिन्द रोकाया र ग्याँस प्रा.लि.का मार्केटिङ्ग म्यानेजर मनोज दाहाल उपस्थित थिए । डा. रोकायाले यस सम्झौतामा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै भने, “यो सम्झौताले जनतालाई स्वास्थ्य सेवामा सुविधा पुर्याउनेछ र स्वास्थ्य सेवामा पहुँच बढाउनेमा मद्दत गर्नेछ ।”

ग्याँस प्रा.लि.का म्यानेजर मनोज दाहालले पनि स्वास्थ्य सेवाको क्षेत्रमा राम्रो सहकार्य गर्ने आशा व्यक्त गर्दै भनें, “हामीले जनतालाई राहत दिने उद्देश्यले यो सम्झौतामा हस्ताक्षर गरेका हौँ। भविष्यमा पनि यस्ता सहकार्यलाई थप बलियो बनाउने प्रयास गरिनेछ ।” यस सम्झौताले कञ्चनपुर र आसपासका क्षेत्रका नागरिकलाई फार्मेसी र ओ.पि.डी. सेवामा सस्तो दरमा पहुँच पुर्याउने अवसर प्रदान गर्नेछ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?