शुक्रबार देखि शुक्लाफाटा पर्यटन महोत्सव

उपेश सिंह धामी महेन्द्रनगर ०५ फागुन।

कञ्चनपुरको पर्या पर्यटन प्रर्बद्धनका लागि आउँदो शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको छ ।

भीमदत्त नगरपालिकाको आयोजनामा ९फागुनदेखि आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको हो । भीमदत्त नगर पर्यटन विकास समितिले महोत्सवको तयारी तिव्र रुपमा अघि बढेको जनाएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका बर्षहरु जस्तै यस बर्षपनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताए ।

उपाध्यक्ष केसीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रर्बद्धनका लागि सरोकारवालासंग समन्वय गरेर महोत्सव आयोजना गरिएको बताए । सात दिनसम्म मनाईने महोत्सवका हरेक दिन अलग अलग कार्यक्रम रहेका छन ।

पहिलो दिन सुदूरपश्चिमको लोक सस्कृति झल्किने गरेर झाँगी प्रर्दशन, दोस्रो दिन निकुञ्जभित्र भारतीय पत्रकार सहितका सरोकारवालाहरुलाई भ्रमण, तेस्रो दिन एयरपोर्टदेखि निकुञ्जसम्म सरसफाई, चौथो दिन डिजिटल मार्फत निकुञ्जको प्रचारप्रसार, पाचौँ दिन निकुञ्ज सम्बन्धी निबन्ध प्रतियोगिता, छैटौँ दिन पर्यटन बारे सरोकारवालासंग छलफल र सातौँ दिन निकुञ्जका कर्मचारी र भीमदत्त नगरका जनप्रतिनिधीविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता राखेर समापन

गरिनेछ । ‘१२फागुनदेखि महेन्द्रनगर खुला मञ्चमा हुने महोत्सवमा आउने राष्ट्रिय कालाबारहरुलाई निकुञ्ज अवलोकन गराईनेछ, ‘उपाध्यक्ष केसीले भने, ‘यसरी राष्ट्रिय कलाकार निकुञ्ज अवलोकन गराएपछि उहाँहरुबाट समेत थप प्रचारप्रसार हुनेछ ।’ भीमदत्त नगरका नगर प्रवक्ता पदमराज अवस्थीले पर्यटकीय सम्भावना बोकेका निकुञ्जमा पर्यटनको संख्या बृद्धि गर्दै यहाँको आर्थिक बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । प्रवक्ता अवस्थीले कञ्चनपुरकै हितका लागि महोत्सव आयोजना गरिएको बताए ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?