शुक्रबार देखि शुक्लाफाटा पर्यटन महोत्सव

उपेश सिंह धामी महेन्द्रनगर ०५ फागुन।

कञ्चनपुरको पर्या पर्यटन प्रर्बद्धनका लागि आउँदो शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको छ ।

भीमदत्त नगरपालिकाको आयोजनामा ९फागुनदेखि आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको हो । भीमदत्त नगर पर्यटन विकास समितिले महोत्सवको तयारी तिव्र रुपमा अघि बढेको जनाएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका बर्षहरु जस्तै यस बर्षपनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताए ।

उपाध्यक्ष केसीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रर्बद्धनका लागि सरोकारवालासंग समन्वय गरेर महोत्सव आयोजना गरिएको बताए । सात दिनसम्म मनाईने महोत्सवका हरेक दिन अलग अलग कार्यक्रम रहेका छन ।

पहिलो दिन सुदूरपश्चिमको लोक सस्कृति झल्किने गरेर झाँगी प्रर्दशन, दोस्रो दिन निकुञ्जभित्र भारतीय पत्रकार सहितका सरोकारवालाहरुलाई भ्रमण, तेस्रो दिन एयरपोर्टदेखि निकुञ्जसम्म सरसफाई, चौथो दिन डिजिटल मार्फत निकुञ्जको प्रचारप्रसार, पाचौँ दिन निकुञ्ज सम्बन्धी निबन्ध प्रतियोगिता, छैटौँ दिन पर्यटन बारे सरोकारवालासंग छलफल र सातौँ दिन निकुञ्जका कर्मचारी र भीमदत्त नगरका जनप्रतिनिधीविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता राखेर समापन

गरिनेछ । ‘१२फागुनदेखि महेन्द्रनगर खुला मञ्चमा हुने महोत्सवमा आउने राष्ट्रिय कालाबारहरुलाई निकुञ्ज अवलोकन गराईनेछ, ‘उपाध्यक्ष केसीले भने, ‘यसरी राष्ट्रिय कलाकार निकुञ्ज अवलोकन गराएपछि उहाँहरुबाट समेत थप प्रचारप्रसार हुनेछ ।’ भीमदत्त नगरका नगर प्रवक्ता पदमराज अवस्थीले पर्यटकीय सम्भावना बोकेका निकुञ्जमा पर्यटनको संख्या बृद्धि गर्दै यहाँको आर्थिक बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । प्रवक्ता अवस्थीले कञ्चनपुरकै हितका लागि महोत्सव आयोजना गरिएको बताए ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?