दोधाराचाँदनी नगरपालिकामा बैठक बहिस्कार संगै विवाद सृजना

 

धन सिंह धामी महेन्द्रनगर ०५ फागुन । 

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा बैठक बहिस्कार संगै विवाद सृजना भएको छ ।

सोमबार दोधाराचाँदनी नगरपालिकाको कार्यपालिकाले बैठक आव्हान गरे पछि नेकपा एमाले नेतृत्वको स्थानीय सरकारले जनताको हित भन्दा केही निकट व्यक्ति, ठेकेदार आफन्त दलभित्र पनि गुटका मान्छेका पक्षमा काम गरेको आरोपमा विपक्षी दलका जनप्रतिनिधीले कार्यपालिका बैठक बहिस्कार गरेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाली काँग्रेसका जनप्रतिनिधीले बैठक बहिस्कार गरेका हुन । एमाले नेता समेत रहेका किशोर कुमार लिम्बु नेतृत्वको दोधाराचाँदनी स्थानीय सरकारलाई एमालेकै केही जनप्रतिनिधी एव नेता कार्यकर्ताहरुले सहयोग नगरेपछि विपक्षी दलहरुलाई उनी बिरुद्ध आवाज उठाउने बल पुगेको छ ।

उपमेयर गंगा जोशीले मेयरले हरेक बैठकमा एकलौटी गर्न खोजेपछि आफुहरु बैठकमै नगएर बहिस्कार गरेको बताईन । ‘हामीहरु ५का वडाध्यक्ष केशव खत्रीकै घरमा बसेर आजको बैठकमा नजाने बहिस्कार गर्ने मौखिक छलफल गरेर सहभागि भएनौँ, ‘उनले भनिन, ‘मैले उतिबेला नै मेयरसंग सानो नगरपालिका छ, प्रहरी किन भर्ना गर्नुप¥यो, उनीहरुलाई भर्ना गरेपछि तलबदेखि सबै सुविधा दिनुपर्छ भनेर भने, मेयरले रोयल्टीकै पैशा छदैछ भनेर यो प्रकृया अघि बढाएर अहिले समाजिक सञ्जालहरुमा नगर प्रहरी भर्ना बाफत १÷१लाख रुपैया लिएको विषय आईरहेको छ, त्यसमा लिनेमाथि छानबिन मात्रै होईन कार्बाही होस, यसरी सबै जनप्रतिनिधीको बदनाम गर्न मिल्दैन ।’ मेयरका ३, उपमेयरका २ र बाँकी १०कै वडाध्यक्षका १÷१ नगर प्रहरी भागबण्डा गरियो भनेर आएको समाजिक सञ्जालको आरोपमा आफु अचम्मित भएको बताईन ।

दोधाराचाँदनी नगरपालिका ४ वडाध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्रका नेता भक्त बहादुर सुनारले मेयर किशोर कुमार लिम्बुले एकलौनी मनोमानी गर्ने र वडातहबाट जनताले माग्ने विकास निर्माण कार्यपालिकामा राख्दा अस्वीकार गर्ने, आफुलाई मन परेका योजनामा बजेट दिने, नगर प्रहरी भर्नामा लाखौँ खाएको आरोप देखि मापदण्ड विपरित क्रसर उद्योग संचालन गर्न दिएर जनतामाथि अन्याय गरेपछि बैठक बहिस्कार गरेको

बताए ।

दोधाराचाँदनी ५ का वडाध्यक्ष समेत रहेका राप्रपा नेता केशव खत्रीले कार्यपालिका नेतृत्व जनताको हित भन्दा पाटीको हितमा लागेको भन्दै बैठक बहिस्कार गरेको बताए । ‘हाम्रो नेतृत्वले पाटीको हितमा काम गर्न थाल्यो, हामीलाई साचि बनाएर नगरमा धेरै बेथिति बढ्न थाले पछिल्लो समय नगर प्रहरी भर्नामा अनियमितताको विषय बाहिरिनेदेखि केही अमुख ठेकेदारलाई मापदण्ड विपरित क्रसर उद्योग बनाउन दिने काम भयो, ‘उनले भने, ‘यस्ता गैर कानुनी काममा हामीहरु किन साची बस्ने भन्दै बैठक बहिस्कार गरेका छौँ ।’ विकास भन्दा पनि व्यक्तिगत कामकाजमा बढि लिप्त भएकाले कार्यपालिका बैठक नै बहिस्कार गरेको उनले बताए । काँग्रेस, माओवादी र राप्रपाका जनप्रतिनिधीहरुले बेथिति नरोकेसम्म बैठक निरन्तर बहिस्कार गर्दै जाने चेतावनी दिएका छन । दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले लिजा बारे आयोजिक कार्यपालिका बैठक रहेको बताए ।

मेयर लिम्बुले नगर प्रहरी भर्नादेखि मापदण्ड विपरित क्रसर उद्योगलाई अनुमती दिने सबै विषय झुटा भएको बताए । नगर प्रहरी भर्नामा १ लाख रुपैया लिएको विषय आफुले पनि समाजिक सञ्जालबाटै थाहा पाएपछि आश्चर्य लागेको बताए । मेयर लिम्बुले आफुमाथि लगाएका आरोप सत्य नभएको दावि गर्दै आफ्नै पाटीका जनप्रतिनिधी नेतादेखि बाह्य पाटीका मान्छेका स्वार्थपूर्ति नभएपछि आफु बिरुद्धमा सुनियोजित रुपमा खटिएको बताए । मेयर लिम्बुले आफु विकासको काममा खटिएको दावि गरेका

छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?