चितुवा देखा परेपछि सामुदायिक बन आसपास क्षेत्रमा सर्च अभियान  

पप्पु गुरुङ्ग दाेधारा ०४ फागुन।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चितुवा देखा परेपछि सुरक्षा सतर्कता बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ संसारी टोलमा चितुवा देखा परेपछि सुरक्षा सतर्कता बढाईएको छ् । संसारी टोल क्षेत्रमा चितुवा स्थानियबासीहरुले देखेपछि मानवीय क्षति नहोस् भनेर सुरक्षा सतर्कता बढाईएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको हात्तीसारबाट आएको हात्तीले संसारीमाई मध्यवर्ती साम्ुदायिक बन आसपास क्षेत्रमा शनिवार चितुवाको खोजी गरेको हो । निकुञ्ज कार्यालयबाट आएको ४ वटा हात्तीले सामुदायिक बनका घना जंगलमा सर्च अभियान थालेको संसारीमाई मध्यवर्ती सामुदायिक बन समिति दोधारा चाँदनीका अध्यक्ष राम बहादुर थापाले बताउनुभएको छ् । दुई दिन देखि बस्तीमा चितुवा देखा परेपछि कुनै किसिमको मानविय क्षति हुन नदिनका लागी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय संग समन्वय गरि सामुदायिक बनका झाँडी, जंगलहरुमा हात्तीद्धारा सर्च अभियान थालिएको संसारीमाई मध्यवर्ती सामुदायिक बन दोधारा चाँदनीका अध्यक्ष राम बहादुर थापाले बताउनुभयो । बस्ती नजिक चितुवा देखा परे संगै स्थानियबासीहरु मानविय क्षति हुनसक्ने डरले रातभरी जाग्रम बस्दै आएका थिए । निकुञ्ज कार्यालयबाट आएको ४ वटा हात्तीले सामुदायिक बन क्षेत्रमा सर्च अभियानमा चितुवा फेला नपरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ् । केही महिना देखि सो क्षेत्रमा जंगली हात्ती, निलगाँई र गैडाले किसानहरुको गहुँ र तेलहन वाली नष्ट गर्दै आएको छ् । वन्यजन्तुको प्रभावलाई मध्यनजर राख्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), दोधारा चाँदनी नगरपालिका कार्यालयले वन्यजन्तुबाट अन्नवाली जोगाउन र मानविय क्षती रोक्न सर्चलाईट बितरण गर्दै आएको छ् । बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भारतिय जंगल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट भित्रिने वन्यजन्तुको कारण मानविय क्षती र किसानहरुले लगाएका अन्नवालीमा ठुलो क्षती बनाउदै आएपनि अझै सम्म वन्यजन्तु नियन्त्रणमा नेपाल सरकारले खासै चाँसो नदेखाएको स्थानियबासीहरुको गुनासो रहदै आएको छ् ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?