दोधारा चाँदनीका युवा उद्यमीलाई निड्स र अक्सफम नेपालको कृषी उपजका लागी सहयोग

पप्पु गुरुङ्ग दाेधारा ०४ फागुन।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ का ललित सिंह ठकुरी अहिले तरकारी व्यवसायमा लागेर मनग्य आम्दानी गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष अन्ताजी ५६ का ललित सिंह ठकुरीले उत्पादन गरेको तरकारी अहिले बजारमा खरिद गर्न पाईन्छ् । बन्दा, काउली, मुला, हिउदे सिमी, धनिया, आलु, गाँजर, प्याज, भण्टा, खुर्सानी लगाएत तरकारीले उहाँको खेत हरियो भएको छ् । उत्पादन भएको तरकारीलाई बजारिकरणमा गर्न उद्यमी ललित सिंह ठकुरीलाई भ्याईनभ्याई छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कृषी उपजमा राम्रो काम गरेको भन्दै निड्स नेपाल र अक्सफम नेपालले टनेल तथा प्राविधीक र बिउ, बिजन सहयोग गर्दै आएको उद्यमी ललित सिंह ठकुरीले बताउनुभएको छ् । यस पटक बेमौसमी तरकारीको उत्पादनको लागी टनेल निमार्ण गर्न झण्डै रु. ३ लाख ९० हजार बराबरको नगद सहयोग गरेको उद्यमी ललित सिंह ठकुरीले बताउनुभयो । सिजन अनुसारका तरकारी उत्पादन गर्ने तथा बेमौसमीमा समेत आफुले तरकारी खेती गर्ने गरेको ठकुरी बताउनुहुन्छ् । हाल ४ बिघाह जग्गामा तरकारी खेती गर्दै आएको र निकट भविष्यमा बढाएर ६ बिघाह जग्गामा तरकारी खेती गर्ने योजना रहेको उद्यमी ललित सिंह ठकुरी बताउनुभयो । धन कमाउन युवा बिदेशिने क्रम बढेको अवस्थामा मेहनत गरे आफनै गाँउ, ठाँउमा सुन फलाउन सकिने ललित बताउनुहुन्छ् । उहाँले दैनिक १० देखि १२ जना स्थानियबासीहरुलाई दैनिक रोजगारी दिदै आउनुभएको छ् । निड्स र अक्सफम नेपालले टनेल निमार्ण तथा प्राविधिक तथा बिउ बिजनमा सहयोग गरेको भन्दै उद्यमी ठकुरीले संस्थाहरुलाई धन्यबाद दिदै वडा कार्यालयले उत्पादनमा सघाउन रु. १ लाख ७५ हजार उपलब्ध गराउने आश्वासन पाएको बताउनुभयो । निड्स नेपाल कञ्चनपुर स्कोप आर– ३ का कार्यक्रम संयोजक ईश्वर उपाध्यायले उद्यमी ललित सिंह ठकुरीले व्यायसायी तवरले बेमौसमी तरकारी उत्पादन गरेको हुदा टनेल, बिउबिजन तथा प्राविधीक सहयोग गरिएको बताउनुभएको छ् । निड्स नेपाल र अक्सफम नेपालको सहयोगमा बेमौसमी तरकारी खेतीको लागी टनेल निमार्ण र बिउबिजन तथा प्राविधिक सहयोग गरेको निड्स नेपाल कञ्चनपुर स्कोप आर– ३ का कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो । नगर क्षेत्रमा उत्कृठ किसानकोरुपमा परिचय बनाउदै आएका उद्यमी ललित सिंह ठकुरीलाई आगामी दिनहरुमा संस्थाले निरन्तर सहयोग गर्दै जाने कार्यक्रम संयोजक ईश्वर उपाध्यायको भनाई रहेको छ् । अहिले आएर आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिचाई र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु ठकुरीको दैनिकी बन्दै आएको छ् । सुरुसुरुमा दैनिक छाक टार्न मात्रै तरकारी लगाउने गर्ने गरेको केही वर्ष देखि व्यावसायिक रुपमानै तरकारी खेती गर्न थालेपछि आफुलाई मनग्य आम्दानी भईरहेको ललितको भनाई रहेको छ् ।

 

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?