जुम्ल्याहा भाईले जन्मदिन अनाथ बालबालिका संगै मनाए

केशव थापा महेन्द्रनगर ०२ फागुन ।
कञ्चनपुरका एक जुम्ल्याहा भाईले आफ्नो जन्मदिन अनाथ बालबालिकासंगै मनाएका छन । भीमदत्त नगरपालिका–१८ गोबरैयाका जुम्ल्याहा भाई सम्राट चन्द र समीर चन्दको जन्मदिन अनाथ बालबालिकासंगै मनाएका हुन ।
शुक्रबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर समाजकल्याण बाल अनाथालयमा ने.वि.संघ कञ्चनपुरका जिल्ला सदस्य सम्राट चन्दले अध्यनको शिलशिलामा जापानमा रहेका समीर चन्द द्धयको जन्मदिनको अवसरमा अनाथालयमा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाएका हुन ।
ने.वि.संघका नेता सम्राट चन्दले २६ औं जन्मदिनको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको र आगामी दिनमा पनि यस्तै समाजिक काम गर्ने उदेश्यका साथ अनाथालयमै जन्मदिन मनाएको बताएका छन । ‘उनले भने, ‘अनाथ बालबालिकासंगै हामीले जन्म दिवस मनाएका छौँ ।’
जन्म दिनको अवसरमा ने.वि.संघ का पूर्व केन्द्रिय सदस्य तथा भीमदत्त नगरपालिका –११ का वडा अध्यक्ष प्रकाश थापा, ने.वि.संघका केन्द्रिय सदस्य द्धय इन्द्र बहादुर साउँद,सञ्जय अधिकारी, ने.वि.संघ कञ्चनपुर जिल्ला अध्यक्ष नरेश पण्डित लगायत सदस्य,बिध्यार्थी, शुभचिन्तक एव अनाथालयका पदाधिकारीको उपस्थिति रहेको थियो ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?