दलका भातृ संगठनका युवाहरुलाई ‘आधारभूत मानवीय सहायता मापदण्ड’ सम्बन्धी अभिमुखीकरण 

पप्पु गुरुङ्ग दोधारा ०२ फागुन ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एवम् मूल मानवीय मापदण्ड’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको आयोजना तथा दोधारा चाँदनी नगरपालिकाको समन्वय तथा सहकार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा विभिन्न राजनीतिक दलका भातृ संगठनका युवा प्रतिनिधिहरुलाई विपद् पूर्वानुमान तथा प्रतिकार्यमा आधारित आधारभूत मानवीय सहायता मापदण्ड सम्बन्धी अभिमुखीकरण गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा राजनीतिक दलका युवाहरुको सक्रियता र जिम्मेवारी महत्वपूर्ण रहने बताउनुभयो । उहाँले विपद् पूर्वानुमान तथा प्रतिकार्यका लागि समन्वय, स्रोत संकलन र जनपरिचालनमा राजनीतिक दलका भातृ संगठनका युवाहरु सशक्त हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम संयोजक राजकुमार सुनारले विपद्को समयमा जनताको सहायतामा सक्रिय भूमिका खेल्नका लागि सामाजिक उत्तरदायित्वको भावना जागरुक हुनुपर्ने बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले विपद्को समयमा मानिसहरुको ज्यान र सम्पत्ति जोगाउनका लागी सबै समुदाय र राजनीतिक दलका युवाहरुको आपसी सहयोगको आवश्यकता रहने बताउनुभयो । उहाँले राजनीतिक दलका सिद्धान्त र विचार धारा फरक भएपनि विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागी सबै राजनीतिक दलहरु एकजुटता हुनुपर्ने धारणा राख्नुभयो । नगरप्रमुख लिम्बुले स्थानिय तहहरुले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई ध्यानमा राखेर बजेट निर्माण गर्दै आएको तर्क गर्नुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा पछिको बाढीमा सहयोगी संस्थाहरुको महत्वपुर्ण भुमिका रहेको नगर प्रमुख किशोर कुमार लिम्बुको भनाई रहेको छ् । कार्यक्रममा उपस्थित राजनीतिक दलका भातृ संगठनका युवाहरूले विपद् पूर्वानुमान तथा प्रतिकार्य साथै राहत र पुनर्निर्माण कार्यमा संलग्न हुनका लागि आवश्यक ज्ञान र सीप प्राप्त गर्ने अवसर पाएको बताएका छन् । उनिहरुले अभिमुखीकरणले भविष्यमा विपद्को अवस्थामा प्रभावकारी कदम चाल्नमा मद्दत पुग्ने अपेक्षा गरेका छन् । कार्यक्रममा एनएनएसडब्ल्यूए सुदृढ परियोजना संयोजक राजकुमार सुनार, पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आधारभूत मानवीय सहायता मापदण्ड र पूर्व सूचना तथा पूर्व प्रतिकार्यमा युवाहरुको भूमिका बारे सहजीकरण गर्नुभएको थियो । त्यस्तै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले विपद् जोखिम न्यूनीकरणमा दोधारा चाँदनी नगरपालिकाले बिभिन्न संघ–संस्थाहरु संग गरेको समन्वय र सहकार्य प्रस्तुती दिनुभएको थियो ।

 

 

ताजा खबर

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

माओवादी केन्द्र भीमदत्त २ काे वडाध्यक्षमा पार्की

कञ्चनपुर, फागुन २४ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा...

वेष्ट्रर्न पब्लिक एकेडेमीको २५ औँ बार्षिकोत्सव

कञ्चनपुर, २३ फागुन ।  कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेकाे...

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा २३ फागुन गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प...

वेदकोटमा बालबालिकासँग मेयर कार्यक्रम भव्यताका साथ सम्पन्न

कञ्चनपुर २० फागुन । वेदकोट नगरपालिकामा पहिलो पटक बालबालिकासँग मेयर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?