भुमि समस्या समाधान आयोगमा कञ्चनपुरबाट सिजाली विज्ञ सदस्यमा नियुक्त

 

दोधारा ३० माघ ।

सरकारले भुमि व्यवस्थापन समस्याको निवाकरण समिति गठन गरेको छ ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ५१ जिल्लाका भुमि समस्या समाधान आयोग जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गर्ने क्रममा कञ्चनपुरको दोधाराचाँदनीबाट दिलबहादुर सिजालीलाई विज्ञ सदस्य नियुक्त गरेको हो ।

केन्द्रमा राष्ट्रिय भुमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष,विज्ञ र महिला सहित तीन जना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

सरकारले भुमि क्षेत्रका समस्याहरुलाई दिगो रुपमा समाधान गर्न कञ्चनपुर जिल्ला भुमि समस्या समाधान आयोगको जिल्ला समिति सदस्य सिजालीलाई नियुक्त गरेको हो ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?