पाँच विश्वविद्यालयहरू विच सम्झौता

कञ्चनपुर – सुदुरपश्चिम विश्वविद्यालय लगायत नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान लाई अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सुदुरपश्चिम विश्वविद्यालय लगायत नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान लाई अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । सुदूरपश्चिम विश्वविद्यालयले शुक्रवार देखी आयोजना गरेको सभ्यता, नवप्रवर्तन र रुपान्तरण सम्वन्धि दोस्रो अन्र्तराष्ट्रिय सम्मेलनको अवशर पारेर सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालय बिच संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरू मार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य सहित सम्झौता गरिएको हो । विश्वविद्यालयहरु विच संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरू मार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्न सहकार्य गर्नु पर्ने अपरिहार्य भएको हुदा पाच विश्वविद्यालय विच समझदारी गरिएको सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति पा्र.डा. हेमराज पन्तले वताउनु भयो । विगतमा पनी भारत लगायतका विश्वका ठुला ठुला विश्वविद्यालय विच विभिन्न विषयमा समझारी गरिएको वताउदै सम्मेलनको अवशर पारेर पाच विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार उपस्थिती भएको वेला एक आपसमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको समेत उहाले वताउनु भयो ।

सम्झौता अनुसार विश्वविद्यालयहरू पोस्ट ग्रेजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य हुनुका साथै विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको छ । सम्झौता पत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकाल संगै पाँचै विश्वविद्यालयका रजिष्ट्रारहे हस्ताक्षर गरेका थिए ।

ताजा खबर

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

उत्थानशिल युवा सञ्जालका लागी विपद् जोखिम न्युनिकरण सम्बन्धि तालिम आयोजना

कञ्चनपुर १३ जेठ कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिका भित्रका उत्थानशिल युवा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?