महाकाली सिँचाई नहर निर्माण कम्पनीको गोदाममा आगलागी हुँदा, एक करोड बढीका समान जलेर खरान 

कञ्चनपुर।कञ्चनपुरको एक निर्माण कम्पनीको गोदाममा आगलागी भएको छ । बेदकोट नगरपालिका ६मुसेपानी स्थित भवानी कालिका कन्स्ट्रक्सन प्रालिको गोदाममा आगलागी भएको हो ।

गयराती विद्युत तारसर्ट भई गोदाममा आगो लागेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले गोदाममा रहेका विभिन्न निर्माण समाग्री जलेर पूर्ण नष्ट भएको बताए ।

भवानी कालिका कन्स्ट्रक्सन प्रालिका संचालक हर्क मल्लले गोदाममा रहेको सिमेन्ट, प्लाईबोर्ड, रबलसिल, टायर क्रसर पट्टा, ईन्जिन बयल, डिजेल, पेट्रोल, टायर, सेप्टिफ्रेम, जोईन्ट फिलर, हाब्री ग्रिस डम, होईड्रोलिक, लिटर ड्रम नष्ट भएको बताए । उनका अनुसार झण्डै १ करोड ४लाख हाराहारीमा क्षति भएको छ ।

महाकाली सिँचाई तेस्रो चरण नहर निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिको गोदामा आगो लागेर समान नष्ट भएपछि नियमित काममा समेत प्रभाव परेको छ । महाकाली सिचाई आयोजना तेस्रो चरण अन्र्तरगत एमआईपी आईबिसी एनसिबी ०२÷०७८÷०७९ बराह डेभलोपस प्रालि साविक राजेन्द्र निर्माण सेवा प्रालिको ठेक्का सव कन्ट्याक्टमा शाखा नहर निर्माण गर्ने जिम्मा लिएको भवानी कालिका कन्स्ट्रक्सन प्रालिको दुई गोदाममा आगलागी भएको हो ।

‘गोदाम छेउमै स्टापहरु बस्ने क्वाटर पनि छ, एक जना स्टाप पिसाब फेर्न बाहिर आएपछि गोदाममा आगो लागेको थाहा भयो, ‘उनले भने, ‘छेउमै रहेका अन्य सवारी साधन पनि जल्ने रहेछन, छिनमै अन्यन्त्र सार्दा सवारी साधनमा ठुलो क्षति हुन सकेन ।’

कम्पनीका कर्मचारी, स्थानीय एव भीमदत्त र बेदकोट नगरपालिकाबाट आएका दमकलले आगो निभाएका थिए । कम्पनीका कर्मचारी, स्थानीय एव भीमदत्त र बेदकोट नगरपालिकाबाट आएका दमकलले आगो निभाएका थिए । बेदकोट नगरका फायरमेन बिनोद रैकाल सहितको टोलीले तेस्रो पटक दमकल भरेर बिहान पनि बचेको आगो निभाएका थिए । पछिल्ला दिनहरुमा कञ्चनपुरमा विद्युतको तार सर्टभई आगलागीका घटना हुनथालेपछि सर्वसाधारण समेत त्रसित भएका छन ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?