निम्बुखेडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको छैठौं साधारण सभा सम्पन्न

उपेश सिंह धामी महेन्द्रनगर १६ माघ।

कञ्चनपुरको महेन्द्रनगरमा एक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले छैटौं साधारण सभा सम्पन्न गरेको छ।

बुधबार भीमदत्त नगर वार्ड नं १८ मा रहेको भगतपुर निम्बुखेडा खानेपानी उपभोक्ता तथा सरसफाई समिति ले छैठौँ साधारण सभा सम्पन्न गरेको हो।

उक्त आयोजित कार्यक्रम समितिका अध्यक्ष दानसिंह खडायत को अध्यक्षतामा प्रमुख आतिथ्यता लीलाधव्ज स्नेतले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा उक्त समितिका पूर्व अध्यक्ष गणेश सिंह धामी रहनुभएका साथै समितिका पदाधिकारी तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो। यसैगरी समितिका सचिव नरेन्द्र बहादुर चन्दले कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानीको कार्यसमितिलाई धन्यवाद दिँदै यसरी जनताहरूलाई पानी उपलब्ध गराउन धेरै पुण्यको कार्य भएको बताउँदै यस कार्यमा कुनै पनि व्यक्तिले पार्टीगत धारणा लिएर यस क्षेत्रमा प्रवेश गर्नु हुँदैन भन्दै पानी जस्तो अमृत लाई सबैले सेवन गर्ने भएकोले यसमा पार्टीगत नभई समाजसेवीको भावनाले कार्य गर्नुपर्ने धारणा राखेका थिए।

यस्तै समितिका अध्यक्ष खडायतले आफूहरू उपभोक्ताको सेवा गर्न आएको र यस कार्यमा सम्पूर्ण खानेपानी उपभोक्ता तथा सम्बन्धित सरोकारवाला निकायहरूले साथ दिनुपर्ने कुरामा जोड दिँदै आगामी दिनमा खानेपानीको सुविधा नभएको आफ्नो क्षेत्रभित्र पनि सुविधा विस्तार गर्दै लैजाने योजना रहेको बताएका छन्।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?