सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव भाेलि देखि शुरु

उपेश सिंह धामी

महेन्द्रनगर १४ माघ

कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा भाेलि मंगलबार देखि सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुन लागेको छ ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुन लागेको हो । भाेलि दिउँसो १ बजे देखि मेलाको औपचारिक उद्घाटन हुने भएको आयोजकले जनाएको छ ।

‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान भन्ने मुल नारा अघि सारेर कञ्चनपुर पर्यटन महोत्सव संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक एव मेला मुल आयोजक समितिका कार्यक्रम संयोजक ललित परियारले मेलाको तयारी पुरा भएको बताए । संयोजक परियारले स्टल देखिका आवश्यक मञ्च सहितका तयारी अन्तिम चरणमा पुगेका छन । उनले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए ।

‘जिल्लाको कृषि क्षेत्रको प्रर्बद्धन गर्न तथा आधुनिक कृषि तर्फ कृषकहरुलाई आकर्षित गराई स्थानीय तथा स्वदेशमै उत्पादित बस्तु तथा सेवाको बजार विस्तार गछौँ, ‘उनले भने, ‘ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रर्बद्धनमा टेवा पुयाई निकासी गर्दै स्वदेशी उत्पादनको उपभोग बृद्धि गराउँ छौँ ।’मुलुक आत्मनिर्भर बनाउनका लागि कृषि क्षेत्रको प्रर्याप्त सम्भावना भएकाले कृषिका बस्तु तथा सेवा उत्पादन गरेर निर्यात गराउने उदेश्य रहेको उनले बताए ।

संयोजक परियारका अनुसार लगानी सृजना गर्ने, सहकारी, वित्तिय, कृषि, बैंकिङ्ग, सेवा विस्तार, ग्रांमिण बस्तु तथा सेवाको प्रर्बद्धन गर्दै आर्थिक कृयाकलाप बृद्धि गर्ने बताए । मेलामा लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा, बाल उद्यान स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिने छन । १५० हाराहारीमा स्टल रहने र छिमेकी मुलुक भारतबाट समेत दर्शक आउने र झण्डै १ लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिमका थारु पहाडी समुदायका परम्परागत मौलिक खाद्य परिवार, कला एव छुट्टै थारु गाँउ जस्ता स्टल रहनेछन ।

मेलाबाट हुने आम्दानी समेत समाजिक कार्यमा खर्च गरिने जनाएको छ । संयोजक परियारका अनुसार भीनपा ८ तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २ रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ ।

‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताए ।

नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले पछिल्ला बर्षहरुमा थलिरहेको आर्थिक कारोकार मेला, महोत्सवका माध्यमबाट समेत अघी बढाईन लागेको बताए ।

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?