संयुक्त युवा विद्यार्थीद्वारा मेयर बाेगटिकाे जत्था शब्द प्रति विज्ञप्ति मार्फत् विरोध

सन्जु महर

कञ्चनपुर, माघ १२

कञ्चनपुरको महेन्द्रनगरमा आयाेजित एक कार्यक्रमका बिच मेयर बाेगटिले प्रयोग गरेकाे शब्द प्रति  युवा तथा विद्यार्थी सङ्गठनले बिराेध जनाएका छन ।  सम्पत्ती सरक्षणका लागि संघर्ष गर्दै आएका कञ्चनपुरका संयुक्त विद्यार्थीलार्ई लक्षित गरेर भीमदत्त नगरका मेयरले सार्वजनिक कार्यक्रममा जत्था भनेपछि मेयरको भाषाप्रति भत्र्सना जाहेर गरिएको छ ।

महेन्द्रनगर बजारका व्यवसायीहरूको उचित व्यवस्थापनको माग गर्दै विभिन्न युवा र विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन्। व्यवसायीहरूको हकहितको संरक्षण र बजारको सौन्दर्यता कायम राख्न माग गर्दै उनीहरूले भीमदत्र् नगरपालिकालाई तत्काल समाधान गर्न चेतावनी दिएका छन्।

विज्ञप्तिमा नगर प्रमुखद्वारा सार्वजनिक कार्यक्रममा “जत्या” शब्द प्रयोग गरिएकोप्रति गम्भीर आपत्र् िजनाउँदै उक्त शब्द फिर्ता लिन र माफी माग्न माग गरिएको छ। साथै, व्यवसायीहरूको व्यवस्थापनमा कुनै प्रकारको विभेद नगर्न, कानुनी मापदण्डको पालना गर्दै पारदर्शी र न्यायपूर्ण पुनःस्थापनाको प्रक्रिया अगाडि बढाउन जोड दिइएको छ।

विज्ञप्तिमा वाईसियल नेपाल कञ्चनपुर जिल्ला संयोजक तिलक जप्रेल, अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष दल बहादुर धामी, अनेरास्ववियू जिल्ला संयोजक प्रज्वल कुँवर, युवा संघ नेपाल जिल्ला सचिव सरोज बिष्ट, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन अध्यक्ष कमलेश बहादुर सिंह, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ जिल्ला अध्यक्ष प्रेम रावल, क्रान्तिकारी युवा संगठन नेपालका प्रतिनिधि तथा अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष कृष्ण जोशीलगायतका नेताहरूले हस्ताक्षर गरेका छन ।

विज्ञप्तिमा व्यवसायीहरूको माग तत्काल पूरा गर्न नगरपालिकालाई आग्रह गर्दै, समस्या समाधान नगरे थप संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिइ

एको छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?