दोधाराचाँदनी नगरपालिका–०३ राप्रपा वडा कमिटिको अध्यक्षमा सुनार

उपेश सिंह धामी
महेन्द्रनगर २९ पौष ।
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–०३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि अधिबेशन सम्पन्न गरेको छ ।
सोमबार दोधाराचाँदनी नगरपालिका –०३ मा नगर अध्यक्ष विर बहादुर शाहको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष बल बहादुर सुनारको साथमा २१ जनाको कमिटी गठन गरीएको हो ।
आयोजित कार्यक्रम शाहको अध्यक्षतामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने बरिष्ठ अतिथिमा बरिष्ठ अधिवक्ता तथा राप्रपा केन्द्रिय सदस्य हिक्मत बहादुर भण्डारी र अतिथिमा दोधाराचाँदनी नगरपालिका वडा नं.०५ का अध्यक्ष केशब बहादुर खत्री, वडा तथा नगर कमिटि सदस्य लगायत पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो । सोहि कार्यक्रममा ८७ जनाले पार्टी प्रवेश गरेका थिए भने सुदूरपश्चिम प्रदेश अध्यक्ष जोशीले नव आगन्तुक प्रवेशीहरुलाई टिका लगाई पार्टीमा स्वागत गर्नुको साथै अब हरेक क्षेत्रबाट राष्ट्र र राष्ट्रियता जर्गेनाको लागि एकजुट भएर लाग्नु पर्ने कुरामा जोड् दिएका थिए । यसै विच वडा–०५ का अध्यक्ष खत्रीले भने ‘समस्या परेको बेला सुखदुःखमा साथ दिने समाजिक सेवीलाई खोज्ने र चुनावको बेला उहि पुराना देशलाई ठग्न पल्केका पार्टीहरुमा मत दिने गर्नाले पनि आम सर्वसाधारण जनताले दुख पाउने’ गरेको बताएका थिए । हिन्दु राष्ट्र र राजसंस्थाको रक्षार्थ सबैले एकजुट भएर लाग्नु पर्ने कुरामा पनि अध्यक्ष खत्रीले जोड दिएका थिए ।
यस्तै उक्त वडा अधिबेशनबाट उपाध्यक्षमा कृष्णा देवी थापा,गंगा देवी भण्डारी,मञ्जु सुनार सचिव गोपाल रोकाया,सह सचिव राधा बढुवाल,कोषाध्यक्ष बिर बहादुर सुनार, सदस्यहरुमा चन्द्रकला घर्तीमगर,प्रेम बहादुर सुनार,कलावती शाही,नन्दा भण्डारी,माया भण्डारी,आरती सुनार,अमति खड्का, पुरन सुनार,जय सिंह भण्डारी,सेते सुनार,एैमाने सुनार,मिना सुनार,सुक बहादुर ओली,दुरपता शाही,गिता भण्डारी,रत्ने दमाई सर्वसम्मत मनोनित भएका छन ।
राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको नगर अध्यक्ष शाहले जानकारी दिएका छन ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?