दोधारा चादनीमा १ सय ३ जना ज्येष्ठ नागरिकलाई सम्मान सहित ब्लेङकेट

पप्पु गुरुङ्
दोधारा २८ पौष ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ज्येष्ठ नागरिकलाई ब्लेङकेट वितरण गरिएको छ् ।
चिसोले जनजीवन प्रभावित भएपछि दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो ब्लेङकेट बितरण गरिएको हो । निरन्तर चिसोबाट प्रभावित भएका वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा भित्र बसोबास गर्ने १ सय ३ जना जेष्ठ नागरिकहरुलाई सम्मान तथा ब्लेङकेट बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् ।
समाज विकासको आधार स्तम्भबाट सुरु गरेर संरचनामा परिमार्जन र परिवर्तन गर्दै विद्यमान अवस्था सम्म ल्याईपु¥याउने निधीका रुपमा ज्येष्ठ नागरिक रहेको बताउदै वडाध्यक्ष हरिसिंह धनाडीले वर्षेनी वडा कार्यालयले उनिहरुलाई सम्मान सहित चिसोबाट बच्न ब्लेङकेट बितरण गर्दै आएको बताउनुभयो ।
वडामा बसोबास गर्ने १ सय ३ जनालाई सम्मान तथा कम्बल बितरण गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् ।
कार्यक्रममा मन्तब्य राख्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले समाजका अग्रज, मार्गदर्शक तथा पथप्रदर्शक ज्येष्ठ नागरिकमा अनुभव र परिपक्वता रहेको हुदा उनिहरुको सम्मान तथा सहयोग गर्ने कार्य स्थानिय सरकारको दायित्व रहेको बताउनुभएको छ् ।
लामो समय सम्म देखेका र भोगेका अनुभवले युवा पुस्तालाई सही मार्ग पहिल्याउनको लागी ज्येष्ठ नागरिकबाट जीवनोपयोगी शिक्षा हुने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । अहिलेका ज्येष्ठ नागरिक भनेका हिजोका युवा शक्ति रहेको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले उनीहरुको योगदान र बलिदानबाट आजको पुस्ताको अस्तित्व रहेको बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिकाले नगर स्तरिय जेष्ठ नागरिक समाज समेत गठन गरि बिभिन्न समयमा वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै सहयोग र उनिहरुलाई सम्मानका कार्यक्रमहरु संचालन गर्दै आएको उहाँले बताउनुभएको छ् । वृद्धवृद्धाहरु स्थानिय सरकारले जाडोमा न्यानो ब्लेङकेट दिएर पुण्य कर्म गरेको बताएका छन् ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?