दोधारा चादनीमा १ सय ३ जना ज्येष्ठ नागरिकलाई सम्मान सहित ब्लेङकेट

पप्पु गुरुङ्
दोधारा २८ पौष ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ज्येष्ठ नागरिकलाई ब्लेङकेट वितरण गरिएको छ् ।
चिसोले जनजीवन प्रभावित भएपछि दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो ब्लेङकेट बितरण गरिएको हो । निरन्तर चिसोबाट प्रभावित भएका वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा भित्र बसोबास गर्ने १ सय ३ जना जेष्ठ नागरिकहरुलाई सम्मान तथा ब्लेङकेट बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् ।
समाज विकासको आधार स्तम्भबाट सुरु गरेर संरचनामा परिमार्जन र परिवर्तन गर्दै विद्यमान अवस्था सम्म ल्याईपु¥याउने निधीका रुपमा ज्येष्ठ नागरिक रहेको बताउदै वडाध्यक्ष हरिसिंह धनाडीले वर्षेनी वडा कार्यालयले उनिहरुलाई सम्मान सहित चिसोबाट बच्न ब्लेङकेट बितरण गर्दै आएको बताउनुभयो ।
वडामा बसोबास गर्ने १ सय ३ जनालाई सम्मान तथा कम्बल बितरण गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् ।
कार्यक्रममा मन्तब्य राख्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले समाजका अग्रज, मार्गदर्शक तथा पथप्रदर्शक ज्येष्ठ नागरिकमा अनुभव र परिपक्वता रहेको हुदा उनिहरुको सम्मान तथा सहयोग गर्ने कार्य स्थानिय सरकारको दायित्व रहेको बताउनुभएको छ् ।
लामो समय सम्म देखेका र भोगेका अनुभवले युवा पुस्तालाई सही मार्ग पहिल्याउनको लागी ज्येष्ठ नागरिकबाट जीवनोपयोगी शिक्षा हुने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । अहिलेका ज्येष्ठ नागरिक भनेका हिजोका युवा शक्ति रहेको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले उनीहरुको योगदान र बलिदानबाट आजको पुस्ताको अस्तित्व रहेको बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिकाले नगर स्तरिय जेष्ठ नागरिक समाज समेत गठन गरि बिभिन्न समयमा वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै सहयोग र उनिहरुलाई सम्मानका कार्यक्रमहरु संचालन गर्दै आएको उहाँले बताउनुभएको छ् । वृद्धवृद्धाहरु स्थानिय सरकारले जाडोमा न्यानो ब्लेङकेट दिएर पुण्य कर्म गरेको बताएका छन् ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?