PANSON कञ्चनपुरको अध्यक्षमा महादेव भट्ट

कञ्चनपुर – निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) कञ्चनपुरको अध्यक्षमा महादेव प्रशाद भट्ट चयन भएका छन । बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको प्याब्सन कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन ।

सहमतीय आधारमा भट्टको अध्यक्षतामा प्याब्सन जिल्लाको कार्य समिति विस्तार गरिएको हो । बरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्द, उपाध्यक्ष बालकृष्ण ढकाल, सचिव अक्कल बहादुर रोकाया, कोषाध्यक्ष केशवराज जोशी, सह सचिव नगेन्द्र प्रशाद कलौनी, सह कोषाध्यक्ष हिमालय कुमार चन्द, सदस्यहरु शिवराज पन्त, पुष्पराज ओझा, लोकेन्द्र राज जोशी, दिनेश कुमार बडू, सरोज राज जोशी, गौरीदत्त भट्ट, चन्द्रसिह बोगटी, देवराज जोशी चयन भएका छन ।

अधिवक्ता प्रकासराज पाठक, यज्ञ प्रशाद भण्डारी, तर्कराज भट्टराईको निर्वाचन समितिले निर्बिरोध निर्वाचित घोषणाका साथै प्रमाण पत्र पदभार ग्रहण गराएका छन । प्याब्सन कञ्चनपुर कमाण्डर बनेका शिक्षक एव विद्यालय संचालक महादेव प्रशाद भट्टले जिल्लाको समग्र शैक्षिक गुणस्तर सुधारदेखि अतिरिक्त कृयाकलापका साथै प्याब्सन कञ्चनपुरको भवन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष भट्टले प्याब्सनका अगुवादेखि सरोकारवालासंग समन्वय गरेर शैक्षिक स्तर बृद्धि गर्दै अघि बढ्ने बताए ।
प्याब्सन कञ्चनपुरका निर्वतमान अध्यक्ष अमराज भट्टको अध्यक्षतामा भएको कार्यक्तमको प्याब्सन केन्द्रीय सल्लाहकार डा हिरा चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालक तत्तकालिन सचिव एव हाल बरिष्ठ उपाध्यक्षमा चयन भएका राकेश बहादुर चन्दले संचालन गरेका थिए । कार्यक्रममा विद्यार्थीदेखि सल्लाहकार सम्मान गरिएको थियो । प्याब्सनकर्मीदेखि शैक्षिक सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?