राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सार्क एजुकेसन फाउन्डेसन कञ्चनपुरकी आयुषा खडायत च्यापियन

कञ्चनपुर  । राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी एक छात्रा प्रथम भएकी छिन । ६ पुष काठमाण्डौँमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुप दार्चुलाकी छात्रा आयुषा खडायत प्रथम भएकी हुन । बाल विकास एनसिएमएएस प्रांईभेट लिमिटेडले आयोजना गरेको उक्त हस्तलेखन प्रतियोगितामा शैल्यशिखर नगरपालिका १ दार्चुलाकी खडायत प्रथम भएको आयोजकले जनाएको छ । देशभरबाट ५ हजार भन्दा बढि प्रतिस्पर्धी उछिन्दै खडायत प्रथम भएको आयोजकले घोषणा गर्दै बिहीबार काठमाण्डौमै पुरस्कार वितरण गरेको छ ।

 

आयुषालाई नगदका साथै प्रमाण पत्र पुरस्कार वितरण गरिएको हो । व्यवसायका सिलसिलामा दार्चुलादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा आयुषाका बाबु दिनेश खडायत, आमा शुशिला धामी(खडायत)ले न्यू चौलानी बुक्स एण्ड स्पोर्ट सेन्टर संचालन गर्दै आएका छन । महेन्द्रनगर स्थित सार्क एजुगेशन कक्षा ९ मा अध्ययनरथ छात्रा आयुषाले विगतदेखि हस्तलेखनमा रुची राख्दै आएकी छिन । स्थानीय स्तरमा हुने प्रतियोगितमा समेत सहभागि हुने आयुषा यस पटक राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागि भएकी थिईन ।

 

उनले आफ्नो सानैदेखिको रुची हस्तलेखन भएको बताउँदै आजको सफलताको पछाडी आफु, अभिभावक, घर परिवार, विद्यालय समाज भएको बताएकी छिन । नेपालमा बिरलै हुने हस्तलेखन प्रतियोगितामा सुदूर दार्चुलाकी चेली आयुषा राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिताको च्यापियन बनेपछि यहाँका जनता समेत हर्षित भएका छन । कम्प्युटरले लेखेजस्तै आयुषाका हस्ता भएपछि उनको लटिनाथ माध्यामिक विद्यालय दार्चुलाका हेडसर केशव विष्ट सहितका शिक्षा क्षेत्रका व्यक्तित्वहरुले समाजिक सञ्जाल फेसबुकदेखि प्रसंसा गर्दै आएका छन ।

 

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?