राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सार्क एजुकेसन फाउन्डेसन कञ्चनपुरकी आयुषा खडायत च्यापियन

कञ्चनपुर  । राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी एक छात्रा प्रथम भएकी छिन । ६ पुष काठमाण्डौँमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुप दार्चुलाकी छात्रा आयुषा खडायत प्रथम भएकी हुन । बाल विकास एनसिएमएएस प्रांईभेट लिमिटेडले आयोजना गरेको उक्त हस्तलेखन प्रतियोगितामा शैल्यशिखर नगरपालिका १ दार्चुलाकी खडायत प्रथम भएको आयोजकले जनाएको छ । देशभरबाट ५ हजार भन्दा बढि प्रतिस्पर्धी उछिन्दै खडायत प्रथम भएको आयोजकले घोषणा गर्दै बिहीबार काठमाण्डौमै पुरस्कार वितरण गरेको छ ।

 

आयुषालाई नगदका साथै प्रमाण पत्र पुरस्कार वितरण गरिएको हो । व्यवसायका सिलसिलामा दार्चुलादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा आयुषाका बाबु दिनेश खडायत, आमा शुशिला धामी(खडायत)ले न्यू चौलानी बुक्स एण्ड स्पोर्ट सेन्टर संचालन गर्दै आएका छन । महेन्द्रनगर स्थित सार्क एजुगेशन कक्षा ९ मा अध्ययनरथ छात्रा आयुषाले विगतदेखि हस्तलेखनमा रुची राख्दै आएकी छिन । स्थानीय स्तरमा हुने प्रतियोगितमा समेत सहभागि हुने आयुषा यस पटक राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागि भएकी थिईन ।

 

उनले आफ्नो सानैदेखिको रुची हस्तलेखन भएको बताउँदै आजको सफलताको पछाडी आफु, अभिभावक, घर परिवार, विद्यालय समाज भएको बताएकी छिन । नेपालमा बिरलै हुने हस्तलेखन प्रतियोगितामा सुदूर दार्चुलाकी चेली आयुषा राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिताको च्यापियन बनेपछि यहाँका जनता समेत हर्षित भएका छन । कम्प्युटरले लेखेजस्तै आयुषाका हस्ता भएपछि उनको लटिनाथ माध्यामिक विद्यालय दार्चुलाका हेडसर केशव विष्ट सहितका शिक्षा क्षेत्रका व्यक्तित्वहरुले समाजिक सञ्जाल फेसबुकदेखि प्रसंसा गर्दै आएका छन ।

 

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?