प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ काे उपाधी नेपाललाइ

कञ्कचनपुर । काेलकत्तामा सम्पन्न प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा नेपालले ऐतिहासिक जित हात पारेको छ ।
भारतको कोलकातामा आयोजना भएको प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघले जित हासिल गरेको छ । यस अघि चार चोटि भारतमा आयोजना भएका विभिन्न खेलहरुमा जित हासिल गरिसकेको सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघले पाँचौ पटक डिसेम्वर २१ र २२ मा भारतमा सम्पन्न प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपेन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा ३३ स्वर्ण पदक र ५ रजत पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । उक्त प्रतियोगितामा महिला तर्फबाट रागिनी नेपाली एवम पुरुष तर्फबाट कपिल पनेरुले बेस्ट फाईटरको ट्रफी जित्न सफल भए संगै नेपाली टोलीर्ले तिहासिक जित हात पार्न सफल रहेको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले जानकारी दिनु भएको छ ।

उक्त प्रतियोगितामा खेलाडी र अफिसियल सहित ४२ जना सहभागि रहेका थिए भने यस पटक पनि अन्तराष्टीय स्तरमै ऐतिहासिक जित पछी नेपाली खेलाडिहरुको टीम स्वदेश फर्किएको छ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?