एक साता देखि निरन्तर महेन्द्रनगर खुल्ला मञ्चको सरसफाईमा लेखक

धन सिंह धामी,कञ्चनपुर । कञ्चनपुरको भिमदत्त–०६ निवासी समाजिक अभियन्ताले समाजिक कार्यलाई निरन्तरता दिएको छ । एक साता अघि देखि महेन्द्रनगरको भीमदत्त नगरपालिका–०४ मा रहेको खुल्ला मञ्चमा निरन्तर बिहानको समयमा थानेश्वर लेखकले फोहोर तथा घाँस झाडिफडान कार्यलाई निरन्तरता दिई रहेका छन ।

पछिल्लो समयमा समाजमा भैरहेका भ्रष्ट वेतिथिहरुको विरुद्ध खुलेर विरोध जनाउदै गरेका लेखकले यहि मंसिर १६ गतेको उपनिर्वाचनमा भीमदत्त वडा न–०६ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार लेखकले राजनितिक दलहरुको बिच प्रतिस्पर्धामा उत्रिए पछि पराजय बेहोर्नु परे पनि सोचेको भन्दा बढि मत पाएको बताएका छन भने आगामी दिनमा फेरि स्थानिय निर्वाचिनमा पुनः उठ्ने जानकारी दिनुभयो । सानै भएपनि राष्ट्र निर्माणमा अहम भुमिका निर्वाह गर्न सबै युवाहरुले एकजुट हुनुपर्छ भन्ने हेतुले आफु समाजिक कार्यमा अग्रसर भएको लेखकले बताउनु भयोे ।

राजनितिक भागबन्डामा रमाएका भ्रष्ट नेताहरुले देशलाई संकटमा पारी सकेको तर्क दिदै युवा शक्ति संगै समाजिक दायित्व निर्वाह गर्न सदैव अग्रसर भएर निरन्तर लाग्ने समाजिक अभियान्ता लेखकको भनाई रहेको छ । खुल्ला मञ्चको फोहोर तथा झाडी सरसफाई गर्ने क्रममा नशालु बस्तु सिसि,सुई र दारुको बोतलहरु धेरै मात्रामा भेटाएको बताएका छन भने यसमा सम्बन्धित निकायले तत्काल गम्भीर भएर लाग्नु पर्ने लेखकको धारणा रहेको छ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?