एक साता देखि निरन्तर महेन्द्रनगर खुल्ला मञ्चको सरसफाईमा लेखक

धन सिंह धामी,कञ्चनपुर । कञ्चनपुरको भिमदत्त–०६ निवासी समाजिक अभियन्ताले समाजिक कार्यलाई निरन्तरता दिएको छ । एक साता अघि देखि महेन्द्रनगरको भीमदत्त नगरपालिका–०४ मा रहेको खुल्ला मञ्चमा निरन्तर बिहानको समयमा थानेश्वर लेखकले फोहोर तथा घाँस झाडिफडान कार्यलाई निरन्तरता दिई रहेका छन ।

पछिल्लो समयमा समाजमा भैरहेका भ्रष्ट वेतिथिहरुको विरुद्ध खुलेर विरोध जनाउदै गरेका लेखकले यहि मंसिर १६ गतेको उपनिर्वाचनमा भीमदत्त वडा न–०६ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार लेखकले राजनितिक दलहरुको बिच प्रतिस्पर्धामा उत्रिए पछि पराजय बेहोर्नु परे पनि सोचेको भन्दा बढि मत पाएको बताएका छन भने आगामी दिनमा फेरि स्थानिय निर्वाचिनमा पुनः उठ्ने जानकारी दिनुभयो । सानै भएपनि राष्ट्र निर्माणमा अहम भुमिका निर्वाह गर्न सबै युवाहरुले एकजुट हुनुपर्छ भन्ने हेतुले आफु समाजिक कार्यमा अग्रसर भएको लेखकले बताउनु भयोे ।

राजनितिक भागबन्डामा रमाएका भ्रष्ट नेताहरुले देशलाई संकटमा पारी सकेको तर्क दिदै युवा शक्ति संगै समाजिक दायित्व निर्वाह गर्न सदैव अग्रसर भएर निरन्तर लाग्ने समाजिक अभियान्ता लेखकको भनाई रहेको छ । खुल्ला मञ्चको फोहोर तथा झाडी सरसफाई गर्ने क्रममा नशालु बस्तु सिसि,सुई र दारुको बोतलहरु धेरै मात्रामा भेटाएको बताएका छन भने यसमा सम्बन्धित निकायले तत्काल गम्भीर भएर लाग्नु पर्ने लेखकको धारणा रहेको छ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?