जापान कराते डो कोशीकाई सितोरियो संघ नेपाल द्धारा खेलाडिहरुलाई सम्मान

जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालले विभिन्न स्थानमा भएका खेलमा पदक ल्याउने खेलाडिहरुलाई सम्मान गरेको छ ।

जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालले गत वर्ष भारतको चेन्नईमा भएको प्रथम दक्षिण एशियाली साग खेलकुद कराँते प्रतियोगिता र केहि दिन अगाडि भारतकै झारखण्डको गिरिडिहमा भएको तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि पदक प्राशश्प्त गर्ने खेलाडिहरुलाई सम्मान गरेको छ । शुक्रवार जिल्ला समन्वय समित कञ्चनपुरको सभाहलमा आयोजित एक कार्यक्रममा जिल्ल समन्वय समिती प्रमुख दुर्गा दत्त बोहरा लगायतका महानुभावहरुले प्रमाण पत्र सहित सम्मान गर्नु भएको हो ।


गत वर्ष भारतको चेन्नईमा भएको प्रथम दक्षिण एशियाली साग खेलकुद कराँते प्रतियोगितामा १३ स्वर्ण , ३ रजत र ३ काश्य पदक जिती प्रथम स्गान हासिल गर्न सफल खेलाडि तथा भारतकै झारखण्डको गिरिडिहमा भएको तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २७ स्वर्ण र २ रजत पदक प्राप्त गरि ईतिहास रच्न सफल खेलाडिहरुलाई सम्मान गर्न कार्यक्म आयोजना गरिएको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले वताउनु भयो ।


उक्त सम्मान कार्यक्रममा खेलाडिहरु सहित प्रशिक्षकहरुलाई समेत सम्मान गरिएको छ भने खेलकुद मार्फत नेपाललाई विश्वमा चिनाउन जापान कराते डो कोशिकाई सितोरियो संघको महत्वपुर्ण योगदान रहेको भन्दै्र सहभागिहरुले प्रसंसा सेमत गरेका थिए ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?