सुदूरपश्चिम विश्वविद्यालयको मुख्य सन्दर्भ सामाग्री बन्यो पूर्व मुख्यमन्त्री रावलको पुस्तक

कञ्चनपुर– सुदुरपशि्चम विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह रावलद्धारा लिखित ‘डोटी राज्यको मध्यकालीन इतिहास’ (सक १२३५–१७१२) पुस्तकलाई मुख्य सन्दर्भ सामाग्रीको रुपमा समेटने निर्णय गरेको छ ।
स्नातक तहको चौथो सेमेस्टर र स्नातकोत्तर तहका विद्यार्थीले अब उक्त पुस्तकलाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्न सक्ने छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका डीन डा. मुकुन्द कलौनीका अनुसार स्नातक तहको चौथो सेमेस्टरमा ‘सुदूरपश्चिमको अध्ययन’ विषयका लागि उक्त पुस्तकलाई सन्दर्भ सामाग्रीको रुपमा राखिएको छ ।
यस्तै स्नातकोत्तरको ‘सुदूरपश्चिमको विकासका आयाम र चुनौती’ विषयको सन्दर्भ सामाग्रीको रुपमा पनि उक्त पुस्तकलाई समेटिएको हो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य समेत रहेका रावलको अंग्रेजी भाषामा लेखिएको ‘डोटी राज्यको मध्यकालीन इतिहास’ पुस्तक निक्कै चर्चित छ । त्यसको नेपाली भर्सन समेत प्रकाशनको तयारीमा रहेको उनले बताए । यो पुस्तक छिमेकी भारतको उत्तराखण्डका इतिहासकार तथा संस्कृतिकर्मीका माझमा पनि लोकप्रिय छ ।
यस्तै रावलको ‘द इकोज पावर अफ प्यासन’ कविता संग्रह प्रकाशित भएको छ । उनले सयौंको संख्यामा बिभिन्न जर्नलहरुमा लेख प्रकाशित गराइसकेका छन् । केही कृति प्रकाशनको तयारीमा रहेको उनले जानकारी दिए । राजनीति र साहित्यमा समानान्तर ढंगले सक्रिय रावललाई २९ भदौँमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अभिनन्दन गरेका थिए । सुदूरपश्चिम र कर्णालीको भाषा, साहित्य तथा इतिहासका क्षेत्रमा रावलले पुर्याएको योगदानको कदर गर्दै त्यसबेला अभिनन्दन गरिएको थियो ।

ताजा खबर

भम्केनी धाममा श्रावणी मेला र चातुर्मासिक महापुराणमा श्रद्धालुको उल्लेख्य सहभागिता

कञ्चनपुर, ११ साउन  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक स्थल...

विपद् पूर्वबजार लेखाजोखा सम्बन्धी दुईदिने पालिका स्तरीय छलफल सम्पन्न

कञ्चनपुर, ११ साउन  विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी,...

पवनदूत यातायातद्वारा महेन्द्रनगर–काठमाडौं सुविधासम्पन्न ‘राजगद्दी’ बस सेवा सञ्चालन

कञ्चनपुर, १० साउन  पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले कञ्चनपुरको...

भिनपा–८ मा सडक किनार सरसफाइ अभियान, स्थानीयको सक्रिय सहभागिता

कञ्चनपुर, १० साउन भीमदत्त नगरपालिका–८ मा स्थानीय समुदायको सक्रिय सहभागितामा...

पुर्व भारतीय सैनिक हरक सिह भण्डारीको निधन 

कञ्चनपुर, साउन ९  भारतीय सेनामा कार्यरत पुर्व सैनिक एव कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?