मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे नवनिर्मित भवन उद्घाटन

कञ्चनपुर-कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नव निर्मीत भवनको उदघाटन गरेको छ ।

स्थापनाको छोटो समयमा नै उत्कृष्ट सेवा दिन सफल कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवन बाट सेवा दिने उद्देश्यले निर्माण गरेको भवनको सोमवार उद्दघाटन गरेको हो ।

कञ्चनपुरमा प्रघान कार्यालय रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगत ११ वर्ष देखी भीमदत्त नगरपालिका वडा नम्वर ४ मा भाडामा घर लिई सेवा दिदै आएको थियो ।

हाल सहकारीले भीमदत्त नगरपालिका वडा नम्वर ३ मा प्रधान कार्यालय सहित सेवा केन्द्र संचालन गर्न को लागी १ करोड १३ लाख, ८५ हजार मा तिन तले सुविधा सम्पन्न भवन निर्माण गरेको संसथाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार सेठीले जानकारी दिनु भयो । भाडाको घर बाट कार्यालय सञ्चालन गर्दा धेरै अप्ठ्यारो भउको हुदा अव शेयर सदस्यहरुको माया र विश्वासका कारण आफ्नै भवन बाट सेवा सुचारु ग्र्न सकिएको समेत उहाले वताउनु भयो ।

यसै गरि संस्थाका अध्यक्ष रघुनाथ अवस्थिले २०७१ सालमा ५२ हजार को पुजि बाट सञ्चालन भएको सहकारीले आज ११ साधारण सभा सम्पन्न गर्दा सम्म शेयर सदस्य हरको विश्वासले आफ्नै भवन निमार्ण गरेर उदघाटन गर्न सफल रहेको वताउनु भयो । साथै उहाले अव उप्रान्त अझै उत्कृष्ठ सेवा दिन सहकारी सक्षम भएको समेत वताउनु भयो ।

सहकारीको नव निर्मित भवनको पहिलो तलामा महेन्द्रनगर शाखा सहित क्यास काउण्टर, दोस्रोमा अफिस कार्यालय र तेस्रोमा हल सहित गेष्ट हाउस निर्माण गरिएको छ । पार्किङ्ग सहितको आधुनिक भवनमा स्तरिय सेवा दिने उनले बताए ।

२०७१ सालमा २५ जना शेयर सदस्यबाट शुरुवात गरिएको सहकारीमा अहिले १८ हजार शेयर सदस्य रहेका छन भने कैलाली कञ्चनपुर र डडेलधुरा गरि तिन जिल्लाका आठ सेवा केन्द्र मार्फत सेवा दिदै आएको यस संस्थाले हाल ८० करोड बरावरको कारोवार गरिरहेको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?