एमाले उप–महासचिव ज्ञवाली धनगढीमा, तीन दिने प्रशिक्षण प्रारम्

धनगढी -आइतवारदेखि धनगढीमा तीन दिने प्रशिक्षक/ प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जिल्ला कमिटीका पदाधिकारी र सदस्य, नगर, गाउँ कमिटी तथा लेखा आयोगका पदाधिकारीहरुलाई पार्टीको नीति, सिद्धान्त र बिचारमा पुनःताजगी गराउन प्रशिक्षण थालिएको हो ।
नेकपा (एमाले) स्कुल विभागको आयोजनामा प्रशिक्षण सुरु भएको र यसले कार्यकर्ताहरुमा बैचारिक र नीतिगत एकरुपता आउने विश्वास गरिएको स्कुल विभागका सुदूरपश्चिम संयोजक तथा पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले बताए । भोलि देखि कञ्चनपुरमा पनि तीन दिने प्रशिक्षण सुरु हुने छ ।
पहिलो दिन पार्टीका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली र घनश्याम कोइरालाले प्रशिक्षण दिए । कार्यक्रममा पार्टी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थिति थियो । ज्ञवालीले महाधिवेशनबाट पारित कार्यक्रम, जवजको विकासक्रम, नीति र कार्यदिशा बारे प्रशिक्षण दिए ।
जिल्ला अधिवेशन पश्चात पहिलो पटक प्रशिक्षक/प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र असोज १ गतेसम्म चल्ने जिल्ला कमिटी अध्यक्ष यज्ञ ढुंगानाले जानकारी दिए ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?