महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर वेपत्ता

कञ्चनपुर –  महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर वेपत्ता भएका छन । शनिबार दाउरा महाकाली नदीमा दाउरा निकाल्ने क्रममा वेपत्ता भएका दुई मध्ये एक किशोरको शव फेला परेको छ भने अर्का किशोर अझै वेपत्ता रहेका छन ।

भीमदत्त नगरपालिका १२ ऐरीका १८ बर्षिया सौरभ नेपालीको शव केही पर दक्षिण झोलुङ्गेपुल क्षेत्रमा फेला परेको छ । भने अर्का किशोर १७ बर्षिया अभि नेपालीको शव अझै फेला परेको छैन । स्थानीय अगुवा अमिर तिरुवाले महाकाली नदीमा स्थानीयहरुले दाउरा निकाल्ने गरेको र शनिबार पनि दाउरा निकाल्न जाने क्रममा बाबु दाजुभाईका छोराहरु अभि र सौरब पनि महाकाली नदीमा दाउरा निकाल्ने क्रममा डुवेर वेपत्ता भएको बताए ।

महाकाली नदीमा वाढी आएसंगै पहाडबाट बगेर आउने दाउरा निकाल्न तटिय क्षेत्रका स्थानीयले जोखिम मोल्दै आएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वेपत्ता अर्का किशोरको खोजी कार्य भईरहेको जनाएको छ । महाकाली नदी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी अहिले खटिएका छन।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?