मुख्यसचिवमा अर्याल

१३ भदौ, काठमाडौं । स्याङ्जाको पुतलीबजारमा जन्मे हुर्केका एकनारायण अर्याल १० कक्षामा पढ्दा बुवाका साथ लागेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए, त्यतिबेला तत्कालीन ‘सीडीओ’ (प्रमुख जिल्ला अधिकारी)को रवाफ र सम्मानलाई देखाएर उनका बुबाले भनेका थिए, ‘राम्रो पढेर सीडीओ बन्नुपर्छ है छोरा ।’

त्यही बेलादेखि हो, अर्यालले सीडीओ बन्ने सपना देख्न थालेको । त्यही सपनालाई पछ्याउँदै सरकारी जागिर खान थालेको ३५ वर्षमा उनी सीडीओ मात्रै भएनन्, सचिव हुँदै मुख्यसचिव बन्ने अवसर पाएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेसँगै उनी निजामती प्रशासनको सर्वोच्च पदमा पुगेका छन् । उनी अब ३ वर्ष यो पदमा रहेर नेपालको कर्मचारी संयन्त्र हाँक्नेछन् ।

उनी स्याङ्जाको किसान परिवारमा जन्मिएका हुन् । स्याङ्जामा विद्यालय शिक्षा पूरा गरेर पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन विषय लिएर पढाइ अगाडि बढाए ।
उनी १८ फागुन २०७६ मा सचिवमा बढुवा भए र, सचिवका रुपमा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन भए । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयमा सचिवका रुपमा काम गरे ।

निजामती करियरमा नेकपा एमाले सत्तामा रहँदा आकर्षक अवसरहरु पाएकाले उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्धमा थिए ।

गत ९ असारमा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि १० असारमा सरकारले उनलाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गरेर सरुवा गरेको थियो ।

त्योसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको थियो । त्यतिबेला माओवादी नेतृत्वको सरकार भएकाले मुख्यसचिवमा अर्यालको भन्दा बढी सम्भावना सचिव रामकृष्ण सुवेदीको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नयाँ मुख्य सचिव नियुक्ति नगरी गड्तौलालाई कामु मुख्य मुख्यसचिवको जिम्मेवारी दियो । असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने ।

सत्ता गठबन्धन परिवर्तन भएलगत्तै अर्याल मुख्य दाबेदारका रुपमा हेरिएका थिए । तर, नयाँ सरकारले छोटो कार्यकाल भएकी गड्तौलालाई १० साउनमा मुख्य सचिव बनाएपछि अर्यालको सम्भावना झन् बलियो भएको थियो ।

भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर गड्तौला ५८ वर्षे उमेरहदका कारण सिंहदरबारबाट बिदा हुनेछिन् ।

हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए ।

तर, चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनायो ।

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

प्रधानमन्त्री ओलीसँग निकट सम्बन्धका कारण सबैभन्दा बलियो दाबेदार थिए । बिहीबार उनी मुख्य सचिव बनेसँगै पहिलो नम्बरका सचिव ज्ञवाली ५ वर्षे सेवा अवधि पूरा गरेर २२ भदौमा अवकाशमा जाने छन् ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?