राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर
भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितमा छात्रा भलिबल तर्फ लक्ष्मी माविले उपाधी पाएको छ ।
लक्ष्मी मावि बागफाँटाले १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता छात्रा भलिबल तर्फ प्रथम भएको हो ।
फाईनल छात्रा भलिबल प्रतियोगितामा जनज्योति मावि भाँसीलाई पराजित गर्दै लक्ष्मीमावि प्रथम भएको आयोजकले जनाएको छ ।
लक्ष्मी माविले जनज्योतीलाई २–०सेटले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।
०३९ सालमा स्थापित लक्ष्मी सामुदायिक विद्यालयले विद्यालयको नेतृत्व प्रद्यानाध्यापक प्रमानन्द नाथले ०७८ असोजदेखि सम्हालेपछि विद्यालयमा अग्रेजी माध्यमको पठनपाठनको सुरु गरे सगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गरेपछि विद्यालयको सम्पुर्ण शिक्षक कर्मचारी एवंम युवा वि।व्य।स। अध्यक्ष दशरथ भण्डारीको नेतृत्वको समिति र सरोकारवाला सबैको सामुहिकतामा०८०, ०८१, ०८२ मा क्रमश तृतिय,द्वितिय र प्रथम स्थान हासिल गर्न विद्यालय सफल भएको हो । हाल विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म अग्रेजि र नेपाली दुबै माध्यममा पठनपाठन भईरहेको र विद्यालयको समग्र पक्षको विकासमा लागि रहेको शिक्षक धर्मानन्द जोशीले बताए । यसैगरी १६ औं राष्ट्रपति रनिङसिल्डमा विद्यालयले एथलेटिक्सतर्फ एक कास्य, तेक्वान्दोतर्फ दुई कास्य र आवि तर्फ एक कास्य गरी जम्मा पाँच पदक प्राप्त गर्न विद्यालय सफल भएको हो । विद्यालयमा हाल झण्डै ६सय विद्यार्थी अध्ययनरतछन ।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

राप्रपा भीमदत्तनगर -१० वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?