श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी
कञ्चनपुर २२ असार ।
मन्द मुस्कानको साथमा के छ भाइ हाल खबर, ठिकै छ भन्नु हुन्थ्यो, चिनजानको केही समय भए पनि जन्मकै नाता झै व्यवहार हुन्थ्यो, अहिले त्यही हसिलो अनुहार र केही जीवन शिरोपर शब्दहरूको यादगार क्षणमा छोड्दै सदाको लागि स्वर्गवास हुनुभयो, दाईको आत्माले स्वर्गमा बास पाओस् भगवान मालिकार्जुन सँग प्रार्थना गर्दै शोकाकुल परिवार जनप्रति धैर्यधारणको शक्ति मिलोस् भन्ने कामना गर्दछु दिप दाइ !
दिप दाइले भन्नु हुन्थ्यो “भाई अब राजनीतिमा आउनु पर्छ, युवाहरूले अबको सक्रिय राजनीतिमा होमिने समय आइसक्यो“ राजनीति अबको नेताहरूको पछि लागेर उनीहरूको सक्रिय दास भएर हैन आम सर्वसाधारण जनता जो आवाज बिहिन् छन उनीहरूको आवाज बन्न राजनीतिमा आउनु पर्छ भन्ने दिप दाईको धारणा थियो ।
अबको राजनीति नेताहरूको पछि लागेर हैन सर्वसाधारण जनताहरूलाई साथमा लिएर उनीहरूको आवाज बन्न राजनीति गर्ने समय आएको छ, हामी युवाहरूले अघि नसरे सिङ्गो राष्ट्र नै विकराल दिशातर्फ धकेलिंदै एक दिन ठुलो समस्याको भुमरीमा फस्ने सङ्केत देखिदैछ त्यसैले भाइ अबको सचेत युवावर्गले राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्न जरुरी छ त्यसैले “भाई अब राजनीतिमा आउनु पर्छ“ दिप दाइले भन्नु हुन्थ्यो । अबको समयमा कुनै पनि पार्टी होस या नेता उनीहरूको विगत, वर्तमान र भविष्यको इतिहास र नेताहरूको चरित्र उनीहरू कत्तिको आम सर्वसाधारण जनता लगायत राष्ट्र प्रतिको भाव प्रष्ट सकारात्मक छ त्यसलाई गहन बिचार गरेर मात्र सङ्गत गरेर अघि बढ्ने समय आएको दिप दाइले भन्नु हुन्थ्यो। नेताहरूले आम सर्वसाधारण जनतालाई चुनाव विशेष केन्द्रीत भएर बहकाउने उनिहरूलाई आफ्नो स्वार्थ पुर्ति गर्न कपटी मन लिएका हुन्छन् त्यसलाई पहिचान गरी सतर्क हुँदै “भाई अबको युवाहरूले राजनीतिमा लाग्नु पर्छ“ दिप दाईले भन्नु हुन्थ्यो ।
दिप दाईले साथीहरूको कुरा सुनाउँदै भन्नु हुन्थ्यो “नेता राम्रो नभएपनि पार्टीको सक्रिय सदस्य भएको नाताले पार्टी बाहिर मत गर्न मिल्दैन के गर्ने आफ्नो नेता भन्दा अरु राम्रो व्यक्ति चुनावमा उठेको भएपनि मत दिन नसक्ने भएका छौ ’’ भनी सुनाउँदा आफ्नो मन कटक्क पोल्छ अनि यस्तो नि राजनीति हुन्छ र ? उहाँले भन्नु भयो भाइ विशुद्ध राजनीति गर्नु पर्छ आफ्नो पार्टीको नेताले समाजिक कार्यमा निस्वार्थ सेवा भावले कार्य गर्ने गरेको छ कि छैन भन्ने कुराको ज्ञात सँगै उनीहरुलाई आगामी दिनमा मत दिने नदिने निर्णय हामीले गर्नु पर्छ, यदि आफुलाई लाग्छ कि आफ्नो पार्टीको भन्दा राम्रो शिक्षित युवा स्वतन्त्रबाट होस या कुनै अरु पार्र्टीबाट चुनावि मैदानमा आउछ भने त्यसलाई चुन्ने साहस गर्नु पर्छ झोले राजनीति गर्नु हुदैन ।
दिप दाईले भन्नु हुन्थ्यो अवका युवाहरुको भूमिका धुन्धलो पार्टी भित्रको फोहोरी राजनितिलाई सफा गर्दै स्थानिय देखि केन्द्र सम्मको सहि नेतृत्वलाई राष्ट्र निर्माणको जिम्मेदारीमा उभ्याउदै कसैले पनि गलत मनसायको साथ पार्टीको आवरणमा रहि कार्य गर्छ त्यसको प्रतिवाद गर्ने युवाहरु यहि छन आभाष दिलाउनु पर्छ ।
राजनीति गर्ने भए सदा एक नासको हुनुपर्छ अवसरवादी कहिले हुनुहुदैन, यहाँ केही यस्ता नेताहरु छन जो चुनावको बेला मात्र आफ्न्त झै व्यवहार गर्ने गर्दछन भने पछि गएर आफ्नै आसेपासे नातागोताहरुलाई मात्र हेर्ने मनसायकाहरुलाई समय मै पहिचान गरी उनीहरुबाट समेत रहनु पर्दछ भने गलत कार्यको सदैव विरोध गर्नु पर्छ । नेताहरु समय अनुसार चरित्र फेर्ने छन तर जनवर्गमा उनीहरुको न्यायिक आवाज बने सदैब साथ पाईनेछ दिप दाईले भन्नु हुन्थ्यो ।
एउटा कुशल सक्षम ब्यवसायी पनि थिए दिप दाई जो युवाहरुलाई राजनीतिमा सक्रिय हुन मात्रै सल्लाह दिदैनथे उहाँले त युवाहरूले आत्मनिर्भर भएर स्वभिमानी नेपाली भएर बाँच्नु पर्छ भनी सम्झाउनु हुन्थ्यो । युवा पिडिले राजनीतिमा आएर यसैबाट अकुत सम्पत्ति कमाउने सोच राख्नु हुदैन, राजनीति गर्नु भनेको जनताको सेवा गर्न तत्पर भएर लाग्नु पर्ने हुन्छ र जिवनयापन चलाउन व्यवसाय पनि गरी राख्नु पर्छ भन्द
थिए ।
आफु एउटा सफल व्यवसायी भएकाले उनले व्यवसाय कसरी गर्ने भन्ने बारे पनि युवाहरु बिच आफ्नो अनुभव सङ्घर्ष सुनाउने गर्द थिए ।
सेवा नै धर्म भावले दिन दुखीहरुको घर दैलोमा केही राहत सामग्री लिएर जानु हुन्थ्यो अनि म नि संगै जाने गर्थे तर उक्त कार्यलाई शासको अन्तिम क्षणसम्म निरन्तरता दिने प्रण गर्दछु दाइ ! हो दाई म राजनीतिमा आउने छु, कुनै पनि पार्टीमा आबद्ध भए पनि दाजुको कुरोलाई स्मरण गर्दै गलत कार्यको सदैव विरोध गर्ने छु र सहिलाई सदैव आत्मसाथ गर्दै अघि बढ्ने छु, राजनितिलाई स्वार्थको अधिनमा नराखि समाजिक सेवाभावले लाग्ने छु भन्ने प्रणलीदै राष्ट्र र राष्ट्रियताको गरिमामयलाई उच्च राख्न मेरो पनि सानो भूमिका रहने छ ।
राजनीतिमा नेता बन्न हैन जनसेवक बन्न गलत राजनीति संस्कारलाई तोड्न सहि नेतृत्वलाई साथ दिन राजनितिमा लाग्ने छु दाई ! …….लेख्नु त धेरै छ दाईसंग विताएका केही स्मणीय क्षणहरुको बारेमा तर समय अनुसार क्रमश…

ताजा खबर

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

गणेश सामुदायिक वनको २५ बर्षे यात्रा

 विकास सिह महता कञ्चनपुर, २६ असोज कञ्चनपुरको उत्तरी भेगमा रहेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?