माओवादी केन्द्र भीमदत्त नगरको भेला ः भीमदत्त नगरमा हुने सबैखाले बेथिति, भ्रष्टाचार बिरुद्ध खबरदारी गर्ने

कञ्चनपुर, असार १७
नेकपा माओवादी केन्द्र भीमदत्त नगरको भेला सम्पन्न भएको छ । मंगलबार महेन्द्रनगरमा माओवादी केन्द्र भीमदत्त नगरको भेला सम्पन्न भएको हो । भेलामा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पाटीले सुशासन, भ्रष्टाचार, अनियमितता बिरुद्ध आवाज नउठाँदा भीमदत्त नगरपालिकामा अनियमितता, बेथिति मच्चिएको बताएका छन ।
माओवादीले संस्थागत रुपमा सुशासनका लागि निगरानी नबढाएको मौकामा नगरका १९वटै वडाहरुमा पालिका, प्रदेश, संघीय सरकारबाट संचालित योजना गुणस्तहिन, अनियमित भईरहेको भन्दै त्यस बिरुद्धमा खबरदारीकोे विकल्प नभएको बताएका छन ।
नेकपा माओवादी केन्द्रकी नेत्रृ माया नेगीले तीनै तहका सरकारबाट संचालन भईरहेका योजना प्रभावकारी जनहितमा नभएको केबल ठेकेदार, बिचौलिया गिरोहमा संचालित भईरहेको भन्दै त्यस बिरुद्ध नगरपालिका सहितका प्रदेश र संघीय सरकारका कार्यालय बिरुद्धमा सशक्त खबरदारी गरिने बताए । समान्य बर्षा हुँदा विपदमा परेका जनताको उद्दार गर्न तीनै तहका सरकारले सकृयता नभएको भन्दै पाटीका तर्फबाट युवा नेता भुवन कुँवरको संयोजकत्वमा विपद व्यवस्थापन समिति गठन गरिएको छ । राज्यको बजेट दोहन गर्नका लागि कागजी कार्यक्रम बनाएर बजेट सक्नका लागि मात्रै बन्ने विपद्का कार्यक्रम प्रभावकारी नहुने बताए । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका युवा नेता दशरथ भण्डारीले स्थानीयदेखि प्रदेश र सघीय सरकारका बेथिति बिरुद्धमा नगरबाटै संघर्षको अभियान थालनी गरिने बताए । ‘अहिले पाटीले संस्थागत रुपमा अनियमितता बिरुद्ध प्रभावकारी निगरानी गर्न नसक्दा सार्वजनिक निकायमा भ्रष्टाचार मौलाएको छ, ‘उनले भने, ‘राज्यका निकायलाई भ्रष्टाचार मुक्त गराउन माओवादी पाटीले संस्थागत संघर्ष गर्नुको विकल्प छैन ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रीय सदस्य जयराज पाण्डेयले भीमदत्त नगरमा हुने हरेकखाले भ्रष्टाचार बिरुद्धमा पाटी पङक्तिले सशक्त भूमिका निर्वाहमा जोडदिए । भेलामा सहभागि माओवादी भीमदत्त नगरका नेता कार्यकर्ताहरुले स्थानीय सहितका तीनै तहका सरकारले जनताकोे आवश्यकता भन्दा निकट व्यक्तिको पक्ष पोषणमा लिप्त भएको बताएका छन । नगरभरी जनताका आधारभूत समस्या समाधानको साटो सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै त्यस बिरुद्ध संघर्षको चेतावनी दिएका छन ।

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?