पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३
कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका अवसरमा विवित सामाजिक काम गरेका छन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व विद्यार्थी नेता किशोर भट्टले आफ्नो जन्मदिनको अवसरमा यस बर्षपनि समाजिक काम गरेका हुन । १३ असारमा विद्यार्थी नेता भट्टको जन्मदिन थियो ।
उक्त अवसरमा उनले तत्तकालिन सिद्धनाथ विज्ञान क्याम्पसका पुर्वी विद्यार्थी एव क्यान्सरपीडित युवा जमन सिह कार्कीदेखि काठमाण्डौँका अनाथ बालबालिका, असाहय महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन ।
नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका भट्टले क्यान्सर रोगबाट ग्रसित भई अहिले शिक्षण अस्पतालमा उपचारार्थ सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी युवा कार्कीको उपचारका लागि आर्थिक सहयोग गरेका हुन ।
उपचारका लागि आर्थिक अभावमा खेपिरहेका कार्कीको उपचारका लागि भट्टले ५ हजार १ सय रुपैया नगद आर्थिक सहयोग गरेका छन ।
सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी कार्की केही महिनादेखि क्यान्सर रोगसंग लगिरहेका छन । भएको पैशा सकिएपछि कार्कीले उपचारका लागि दाताहरुसंग सहयोग मागिरहेका छन । विज्ञान क्याम्पसका पुर्व विद्यार्थीको आर्थिक अभावमा उपचारमा समस्या समाचार देखेपछि पुर्व विद्यार्थी नेता भट्टले विगतमा विद्यार्थीको हकहितका लागि संघर्ष गरेको स्मरण गर्दै सहयोग गरेको जनाएका छन । अधिवक्ता समेत रहेका भट्टले गोकर्णेश्वर ८ काठमाण्डौँको नेपाल महिला तथा बालसेवा समाजमा आश्रित रहेका अनाथ बालबालिका, हिन्सामा परेका बेसाहरा महिला नागरिकको भोजनका लागि झण्डै सात हजार बराबरको दाल, तेल अण्डा खाद्यान्न सहयोग गरेका छन । आफ्नो जिवन रक्षार्थी विद्यार्थी नेता भट्टले उपचार खर्च दिएको भन्दै विज्ञानका पुर्व विद्यार्थी कार्कीदेखि अनाथ, असाहय नागरिक हर्षित हुँदै भट्टप्रति आभार प्रकट गरेका छन ।
भीमदत्त नगरपालिका २ उल्टाखाम महेन्द्रनगरका स्थानीय समेत रहेका पुर्व विद्यार्थी नेता माओवादी युवा नेता एव अधिवक्ता किशोर भट्टले आफ्नो खुसियालीमा समाजिक काम गरेको बताएका छन ।
भट्टले जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा केही संकटमा परेका नागरिकलाई सहयोग गर्नुपर्ने बताए । भट्टले आफ्नो जन्मदिनका अवसरमा विगतदेखि कोरोना महामारी काल हुँदै हालसम्म निरन्तर जेहेन्दार विद्यार्थी, बिरामी, असाहय, अशक्तहरुलाई नगद, स्टेशनरी, खाद्यान्न सहितका अति आवश्यकीय समाग्री सहयोग गर्दै आएका छन । उनले आगामी दिनमा समेत समाजिक काम गर्दै जाने प्रतिज्ञा गरेका छन । पुर्व विद्यार्थी नेता भट्टले आफ्नो खुसियालीमा गरेको समाजिक कार्य उदाहरणीय, प्रेरणाको स्रोत भएको समाजिक क्षेत्रका व्यक्तित्वहरुको भनाई छ ।

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?