सोमबारदेखि गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता

प्रकास भट्ट,
कञ्चनपुर २४ चैत ।
कञ्चनपुरको गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता हुन लागेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता हुन लागेको हो । भीमदत्त नगरपालिका ११नम्बर वडा कार्यालयको आयोजनामा सोमबारदेखि हुने डेनाईट क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
भीमदत्त नगर ११का वडाध्यक्ष प्रंकास थापाले डे नाईट टि १० क्रिकेट प्रतियोगिताको फिल्डदेखि लाईटिङ्ग आवश्यक सबै तयारी पुरा भएको बताए । ‘हामीले सोमबार साँझ ५ बजेदेखि औपचारिक उद्घाटन गछौँ, ‘उनले भने, ‘प्रतियोगिताको उद्घाटन भीमदत्त नगरका मेयर पदम बोगटीले गर्नेछन ।’
प्रतियोगितामा आयोजक सहित भीमदत्त, दोधाराचाँदनी र बेदकोट नगरका विभिन्न वडाहरुका २४ टिम सहभागि भएका छन । विजेता टिमलाई नगद ३लाख, उप बिजेतालाई नगद १लाख ५० हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र वितरण गरिएको छ । सेमिफाईन पुगेका अन्तिम २टिमलाई समेत सान्त्वना स्वरुप ७÷७ हजार दिईने छ । साथै उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिनेछ । यस बर्ष मास लाईटको समेत प्रबन्ध गरिएका।े छ । गणेश थापा, बिरेन्द्र शाही, नरेन्द्र भट्ट, गणेश आग्री अप्पायर रहेका छन ।
०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएका काँग्रेस नेता समेत रहेका खेलप्रेमी प्रकास थापाले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो कार्यक्रम ल्याउने सकल्प गरेका थिए ।
पहिलो पटक ०७९, दोस्रो ०८० र तेस्रो ०८१मा सिद्धनाथ अमर माध्यामिक विद्यालयको प्राङगणमा क्रिकेट प्रतियोगिता गर्न लागेको छ । ‘हाम्रो उदेश्य खेलकुदको बृद्धि विकास खेलाडी उत्पादन गर्ने हो, ‘उनले भने, ‘यसलाई सबै खेलाडीले आत्मसाथ गर्नुपर्छ ।’ गाँउमै क्रिकेट प्रतियोगिता हुने भएपछि स्थानीय समेत हर्षित भएका छन । खेलाडी समेत रहेका स्थानीय समाजसेवी दिपक चन्दले खेलकुदमा खेलाडीले उच्च अनुशासनपुर्वक प्रर्दशन गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा खबर

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

गणेश सामुदायिक वनको २५ बर्षे यात्रा

 विकास सिह महता कञ्चनपुर, २६ असोज कञ्चनपुरको उत्तरी भेगमा रहेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?