वेदकोटमा बालबालिकासँग मेयर कार्यक्रम भव्यताका साथ सम्पन्न

कञ्चनपुर २० फागुन ।
वेदकोट नगरपालिकामा पहिलो पटक बालबालिकासँग मेयर कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नगर प्रमुख भोजराज बोहराको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा वेदकोट नगरपालिका भित्रका सामुदायिक एवम् संस्थागत विद्यालयका करिब २५० विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको वेदकोट नगरपालिकाका कर्मचारी प्रकाश कलौनीले जानकारी दिएका छन्।

वेदकोटका नगर प्रमुख बोहराले बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका सरोकार, आवश्यकताहरू तथा नगरपालिकाले प्रदान गर्न सक्ने सेवाहरूबारे जानकारी गराउनु भयो। उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षित वातावरण, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूको प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुभयो। साथै, विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, बालबालिकालाई प्रविधिमैत्री बनाउने तथा उनीहरूको व्यक्तिगत तथा बौद्धिक विकासका लागि नगरपालिकाले आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, उहाँले बालबालिकाको सृजनशीलता, शैक्षिक उपलब्धि तथा बाल अधिकारको संरक्षणमा नगरपालिका गम्भीरतापूर्वक लागेको बताउनुभयो। उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि पालिका, विद्यालय, अभिभावक तथा समाजका सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

वेदकोट नगरपालिकामा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रम सहभागी विद्यार्थी एवम् शिक्षकले नगर प्रमुखलाई आभार व्यक्त गरेका छन्। नगर प्रमुख बोहराले विद्यार्थीका हरेक क्षेत्रमा रहेका समस्याहरू सुनेर समाधानका लागि सम्बन्धित निकायलाई तुरुन्तै निर्देशन दिएका थिए।

कार्यक्रमको सञ्चालन पत्रकार शिव अधिकारीले गरेका थिए। उनको सहज तथा प्रभावशाली प्रस्तुतीकरणले कार्यक्रममा थप आकर्षण ल्याएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई निकै अर्थपूर्ण र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।

त्यसैगरी, कार्यक्रममा नगर उप(प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, शिक्षा शाखा प्रमुख पदमराज भट्ट, वेदकोट १ का वडा अध्यक्ष रमेश सिह भण्डारी, कार्यपालिका सदस्य जयन्ती देवी पन्त, विद्यालय निरीक्षक मन्जु थापा, योजना शाखा प्रमुख अमर महरा, वेदकोट १ का वडा सदस्य बिनोद सिह विष्ट लगायत सम्बन्धित विद्यालयका शिक्षक(शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो।

नगरपालिकाको यस प्रकारको पहलले बालबालिकाको आवाज सुन्ने तथा उनीहरूलाई समेट्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना हुने अपेक्षा गरिएको छ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?