वेदकोटमा बालबालिकासँग मेयर कार्यक्रम भव्यताका साथ सम्पन्न

कञ्चनपुर २० फागुन ।
वेदकोट नगरपालिकामा पहिलो पटक बालबालिकासँग मेयर कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नगर प्रमुख भोजराज बोहराको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा वेदकोट नगरपालिका भित्रका सामुदायिक एवम् संस्थागत विद्यालयका करिब २५० विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको वेदकोट नगरपालिकाका कर्मचारी प्रकाश कलौनीले जानकारी दिएका छन्।

वेदकोटका नगर प्रमुख बोहराले बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका सरोकार, आवश्यकताहरू तथा नगरपालिकाले प्रदान गर्न सक्ने सेवाहरूबारे जानकारी गराउनु भयो। उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षित वातावरण, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूको प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुभयो। साथै, विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, बालबालिकालाई प्रविधिमैत्री बनाउने तथा उनीहरूको व्यक्तिगत तथा बौद्धिक विकासका लागि नगरपालिकाले आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, उहाँले बालबालिकाको सृजनशीलता, शैक्षिक उपलब्धि तथा बाल अधिकारको संरक्षणमा नगरपालिका गम्भीरतापूर्वक लागेको बताउनुभयो। उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि पालिका, विद्यालय, अभिभावक तथा समाजका सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

वेदकोट नगरपालिकामा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रम सहभागी विद्यार्थी एवम् शिक्षकले नगर प्रमुखलाई आभार व्यक्त गरेका छन्। नगर प्रमुख बोहराले विद्यार्थीका हरेक क्षेत्रमा रहेका समस्याहरू सुनेर समाधानका लागि सम्बन्धित निकायलाई तुरुन्तै निर्देशन दिएका थिए।

कार्यक्रमको सञ्चालन पत्रकार शिव अधिकारीले गरेका थिए। उनको सहज तथा प्रभावशाली प्रस्तुतीकरणले कार्यक्रममा थप आकर्षण ल्याएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई निकै अर्थपूर्ण र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।

त्यसैगरी, कार्यक्रममा नगर उप(प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, शिक्षा शाखा प्रमुख पदमराज भट्ट, वेदकोट १ का वडा अध्यक्ष रमेश सिह भण्डारी, कार्यपालिका सदस्य जयन्ती देवी पन्त, विद्यालय निरीक्षक मन्जु थापा, योजना शाखा प्रमुख अमर महरा, वेदकोट १ का वडा सदस्य बिनोद सिह विष्ट लगायत सम्बन्धित विद्यालयका शिक्षक(शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो।

नगरपालिकाको यस प्रकारको पहलले बालबालिकाको आवाज सुन्ने तथा उनीहरूलाई समेट्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना हुने अपेक्षा गरिएको छ।

ताजा खबर

वाणिज्य संघद्वारा औद्योगिक क्षेत्र, महाकाली करिडोर र दैजी–जोगबुडा सडकलाई प्राथमिकता दिन आग्रह

कञ्चनपुर १० भाद्र  कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक...

न्यूनतम पारिश्रमिकभन्दा आधा तलबमा काम गर्दै भीमदत्तका निजी स्रोत शिक्षक

कञ्चनपुर — भीमदत्त नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा निजी स्रोतबाट कार्यरत...

बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, ७ भदौ  बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम...

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?