नेपाल उद्योग व्यापार महासंघद्धारा आयोजित मेला २०८१ सफलता पूर्वक सम्पन्न

धन सिंह धामी
कञ्चनपुर २८ माघ ।
कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा पहिलो पटक नेपाल उद्योग व्यापार महासंघद्धारा आयोजित मेला २०८१ सफलता पूर्वक सम्पन्न गरीएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर १५ माघदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव सफलता पूर्वक सम्पन्न गरिएको हो ।

नेपाल उद्योग व्यापार महासंघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा संचालन भएको महोत्सवमा हजारौँ दर्शकले मेला अवलोकन गरेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरेको बताए । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीको प्रमुख आथित्यमा मेला समापन भएको थियो । मेला समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीले महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन भएको बताएका थिए । नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको महोत्सव सम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नहुने महानुभावप्रति आभार प्रकट गरेका पनि गरेको हुन ।
सुदूरपश्चिमका लोक कलादेखि राष्ट्रिय कलाकारबाट दैनिक हुने प्रस्तुती हजारौँ दर्शकहरुले मेला अवलोकन गर्नुको साथै स्थानिय तथा बाह्रय व्यापारीहरुले मेलामा आफ्नो व्यापार व्यवसाय गरेर लाभ लिएको पनि बताएका थिए ।
मेलामा बाल उद्यान सहित लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा,स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिएका थिए ।
महोत्सव संयोजक परियारले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए हुन । संयोजक परियारका अनुसार भीनपा ८ तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २ रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईएको थियो । ‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताएका थिए ।
मेला महोत्सव साँस्कृतिक संयोजक करन पालले यस पटकको आयोजित महासंघको मेलामा स्थानिय कलाकारदेखि राष्ट्रिय स्थरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने अवसर पाएको जानकारी दिएका थिए ।
उनले महोत्सवकै अवधिमा समाजिक काम गर्दै उद्घाटनका दिन देखि हरेक दिन सुदूरपश्चिमको लोक संस्कृति कला झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको बताए । नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले पछिल्ला बर्षहरुमा थलिरहेको आर्थिक कारोकार मेला, महोत्सवका माध्यमबाट समेत अघी बढाईन लागेको बताए । ‘हाम्रा स्थानीय एव स्वदेश बस्तु तथा सेवा मेलाका माध्यामबाट प्रर्दशनी गर्ने, बिक्रि वितरणदेखि प्रर्बद्धन गर्ने हो, ‘महासचिव पनेरुले भने, ‘जसका कारण पनि हाम्रा उत्पादन किसानदेखि उद्योगी, व्यवसायी प्रोत्साहित हुन्छन ।’
यस पटक लगाईएको मेलामा स्थानिय तथा राष्ट्रिय कलाकार देखि लिएर उद्यमी व्यवसायीहरु आयोजित मेलाबाट राम्रो लाभ लिएको बताउनुका साथै आयोजक टिमलाई धन्यवाद समेत दिएका थिए ।

ताजा खबर

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?