कञ्चनपुरको पुनर्वासमा भारतसँग सीमा जोडिएका वडामा सीमा सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन

किशोर तामाङ
कञ्चनपुर २० असोज २०८१

सीमा सुरक्षाको भूमिकामा रहेको सशस्त्र प्रहरी बलले यसलाई अझ प्रभावकारी बनाउन भारतसँग सीमा जोडिएका सबै वडामा समिति गठन गरी सीमा सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

कञ्चनपुरको पुनर्वास स्थित सशस्त्र प्रहरी बल बिओपी पुनर्वासले सिमा क्षेत्रमा चाडपर्वका बेला हुनसक्ने सम्भावित सीमा अपराध र अवैध क्रियकलाप नियन्त्रणका लागि सिमा सहजीकरण समिति द्धारा दशै र तिहारको शु्भकामना आदानप्रदान तथा सीमा सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमबाट जनस्तरमा बनेको समितिले सिमानामा नागरिक–सशस्त्र प्रहरी सम्बन्ध सुधार र सशस्त्र प्रहरी परिचालनमा पनि प्रभावकारी एवं विशेष सहयोग मिल्ने अपेक्षा लिएको छ ।

शुभकामना अदान प्रदान तथा सीमा सम्बन्धि सचेतनामूलक कार्यक्रममा सहाभागी हुने अधिकांशले सीमाका समस्याको पहिचान एवं त्यहाँका बासिन्दाको आवश्यकता र अवस्थाको अध्ययन गर्न समितिले सीमा अतिक्रमण, अपराध, चोरी तस्करी र अवैध आवतजावत नियन्त्रण र सचेतनामूलक कार्यक्रम सञ्चालन, सीमा स्तम्भको नियमित अनुगमन र सुरक्षा लगायत काम गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको औचित्य बारे सम्बोधन गर्दै सशस्त्र प्रहरी बल बिओपी पुनर्वास का ईन्चार्ज प्रहरी निरिक्षक चन्द्र सिंह महराले स्थानियबासीहरु बिन बर्दीका सिपाही हुन भन्दै बर्दिमा रहेका प्रहरीले भन्दा सादा पोषाकमा रहेका स्थानीयको सहयोग प्राप्त भयो भने समाजका जुनसुकै विकृति लाई सजिलै नियन्त्रण गर्न सकिने महराले बताउनुभयो । उहाँले सिमा मा हुने बिबाद सुल्झाउन ,सीमा क्षेत्रमा आवात जावत गर्ने मानिसहरु लाई सहजीकरण गर्ने , सीमा स्तम्भ हरूको रेखदेख गर्ने तथा सशस्त्र प्रहरी बल नेपाल लाई सहयोगी भुमीका निर्वाह गरी थप प्रभावकारी बनाउने उदेश्य ले सीमा सहजीकरण समिति गठन गरिएको सशस्त्र प्रहरी निरिक्षक चन्द्र सिंह महराले जानकारी दिनुभयो ।

भारतीय सिमा नाकासंग जोडिएका पुनर्वासको सिमा नाकामा खटिदै आएको सशस्त्र सिमा प्रहरीले सिमा नाकामा हुनसक्ने आपराधिक गतिविधि लाई नियन्त्रण गर्न स्थानियबासीको ठुलो भसमिका रहेको समाजसेवी हरि अधिकारीले औल्याउनुभयो। उहाँले सिमावासी प्रत्येकले सिमाक्षेत्रमा हुने अनैतिक शंका स्पद घटना र क्रियाक्लपबारे । सक्रिय भएर जानकारी दिन अनुरोध गर्नु भएको थियो ।

यसैगरी नागरिक स्तरबाट जेष्ठ नागरिक समाजका अध्यक्ष बिजय हमाल भन्नुहुन्छ, सस्तोको लोभका कारण नेपालीहरु भारतीय बजारमा जाने गर्दछन । जसका कारण भारतीयहरु द्धारा नेपालीहरुले बेला बखत ज्यदाती खेप्नुपरेको छ । बिगत दिनमा भारतीय एस एस बिले सिमा क्षेधमा गरेको ज्यदातीलाई स्मरण गर्दै उहाँले जब सम्म नेपाली समाज भारतीय बजारमा परनिर्भर भई रहन्छ तब सम्म यो समस्या कायम रहन्छ ,त्यसैले हामी अफैमा निर्भर बन्न जरुरी छ ।

खुल्ला सिमामा हुने लागुऔषध ओसरपसारमा सिमा क्षेत्रका साना बालबालिकाहरुलाई पैसाको प्रलोभन देखाएर प्रयोग गरिरहेको सुन्नमा आएकोले स्थानिय सिमावर्ती बसिन्दाहरु सजक हुन सिमा सहजीकरण सदस्य भावना स्वर्णकारले सुझाएका थिए ।

यसैगरी भारतीय बजारमा दशैँ, तिहार का बेला नेपालीहरुलाई लक्षित गरि अखाद्य वस्तुहरु बिक्री गर्ने भएकाले यस प्रति आम नेपाली उपभोक्तहरु सचेत रहन स्थानिय ठाकुर बरालले आग्रह गर्नुभयो ।
सशस्त्र प्रहरी वल पुनर्वासले आयोजना गरेको बिजयदशमि तथा दिपावली शुभकामना आदानप्रदान कार्यक्रममा निबर्तमान अध्यक्ष मानबहादुर गुरुङले सिमावर्ती क्षेत्रमा सिमा सुरक्षा बल बिओपी आए पछि सिमावर्ती क्षेत्रमा शन्ति सुरक्षा कायम रहेको बताउनुभयो । उहाले बिगतमा केही अपराधिक क्रियक्लपमा अबद्ध ब्यक्तिहरुले प्रहरी आएपछि चेलीबेटी बिगार्छ भन्ने भ्रम समाजमा श्रृजना गराएको स्मरण गर्दै हिजो र आजको बस्तु स्थिति माथि प्रकाश पार्नुभएको थियो ।

सिमा सहजीकरण समिति द्धारा आयोजना गरिएको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरिक्षक महेश बिक्रम शाहिले स्थानीय क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोकथाम गर्न तथा समाजमा शान्तिसुरक्षा स्थापित गर्न प्रहरी को एकल प्रयासले मात्रै सम्भव नहुने भएको ले स्थानीय नागरिक सरोकारवाला को पनि भुमिका भएमा लक्ष्य प्राप्ति गर्न सहज हुने बताउनुभयो र उहाँले समाजमा हुने अवाञ्छित गतिविधि नियन्त्रण र सीमा वारपार हुने अवैध र गैरकानूनी क्रियाकलापलाई निस्तेज पार्न सबैको साथ सहायोग रहनु पर्र्ने बताउनुभयो ।

सिमा सहजीकरण समिति संयोजक तथा वडा अध्यक्ष मित्र सिंह लामाले सीमामा हुने गरेका तनाव, अवैध गतिविधि एवं चेलिबेटी बेचबिखन तथा मानव ओसारपसार , तस्करी जस्ता गतिविधि लाई नियन्त्रण गर्न र अन्तरदेशीय अपराध नियन्त्रण तथा नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा मजबूत बनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो उहाले नेपाल सरकारले पुर्णरूपमा प्रतिबन्ध गरेका तथा भारतबाट लुकिछिपी भित्रिदै गरेका बोईलर कुखुरा , माछा , अण्डा , पेय पदार्थ ड्यु , अन्य खाद्यान्न , रसायनिक मलखाद ईत्यादी आयातमा पुर्ण रूपमा रोक लगाउन सबैले सहायोग गर्नु पर्ने बताउनुभयो ।

सिमा सहजीकरण समिति द्धारा आयोजना गरिएको शुभकामना आदान तथा प्रदान तथा सीमा सम्बन्धि सचेतनामूलक कार्यक्रममा बिशेषगरी नजिकिँदै गरेको राष्ट्रिय पर्व दशै र तिहार मा खडखडे , तास जुवा जस्ता विकृति मौलाउने भएको ले सशस्त्र प्रहरी तथा जनपद प्रहरी ले संयुक्तरूपमा गस्ती गर्ने , सिमानामा नागरिक–सशस्त्र प्रहरी सम्बन्ध सुधार र नेपाल भारत सीमामा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि समितिले सहजीकरणको भुमिका निर्वाह गर्नुपर्ने लगायतका विभिन्न विकृति लाई नियन्त्रण गर्न स्थानीय सरोकारवाला संग समन्वय गरि सिमा नजिकका बिद्यालय हरूमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जस्ता बिषय उठान गरिएको थियो ।

सशस्त्र प्रहरी बल कञ्चनपुर को निर्देशन अनुसार सिमा क्षेत्रमा हुने विभिन्न गतिविधि नियन्त्रण का लागि स्थानीय सामाजिक सरोकारवाला को सक्रियतामा सिमा सहजीकरण समिति गठन भई सिमामा हुने बिभिन्न कार्यक्रम हरू सञ्चालन गरिंदै आएको सशस्त्र प्रहरी वल त्रिभुवनबस्तिका प्रहरी निरिक्षक चन्द्रसिंह महराले जानकारी दिनुभयो । सिमा सहजीकरण समिति का लागि गत बर्ष पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो । गठित समितिले सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि खबरदारी गर्नेछ । सीमा वारपार हुने अवैध र गैरकानूनी क्रियाकलापलाई निस्तेज पार्न समितिले काम गर्नेछ । सीमा क्षेत्रमा एउटा पोष्टबाट अर्को पोष्टसम्मको दूरी ५ किलोमिटर रहेकाले २४ घण्टा नै सीमा सुरक्षा बलको पहुँच नपुग्ने र स्रोतसाधनको समेत कमी रहेकाले जनप्रतिनिधि र स्थानीय सम्मिलित समितिले प्रभावकारी काम गर्ने अपेक्षा सशस्त्र प्रहरीले लिएको छ ।

ताजा खबर

नागोयामा गुञ्जियो गौरवपूर्ण दशैंको धुन, सयौँ नेपाली एकजुट

जापानको नागोयामा सुदूरपश्चिम नेपाली समाज तोखाई जापानले आयोजना गरेको...

जापानको नागोयामा दशैंको झल्को: जमराको महिमा

- काठमाडौ : सुदूर पूर्वी मुलुक जापानको नागोयामा...

१० दिनमै फेरी कञ्चनपुरमा हात्तीको आक्रमण : बेलौरीका उमेश चौधरीको मृत्यु

कञ्चनपुर- जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको...

कञ्चनपुरको बेलौरी नगरपालिका स्तरमै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगिता गोकलपुरमा हुदै

किशोर तामाङ कञ्चनपुर,२१ असोज २०८१ कञ्चनपुरको बेलौरीमा वडा अध्यक्ष कप...

जापानमा बस्ने सुदूरपश्चिमेलीहरूको भव्य भेलाले गुञ्जायो देउडाको ताल

जापानको नागोयामा बसोबास गर्ने सुदूरपश्चिमेलीहरूले आफ्नो मातृभूमिको संस्कृति र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?