दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि ईन्टरनेस्नल पव्लिक स्कुल लाई

कञ्चनपुर – दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ। कञ्चनपुरका व्यवसायी तथा ज्ञान भण्डारका सञ्चालक स्वर्गीय वासुदेव बोहराको स्मृतिमा भाद्र २२ गते बाट सञ्चालन भएको दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिता सोमबार समपन्न भएको हो।

प्रतियोगिताको उपाधि इनटरनेश्नल पब्लिक स्कुलले जितेको छ। इन्टरनेसनलकञ्चनपुरका ३२ विद्यालयका ३५ टिम सहभागि भएको उक्त फुटसल प्रतियोगितामा सेमिफाइनलमा ओम पुष्पाञ्जली स्कुललाई हराउँदै फाइनलमा पुगेको इन्टरनेसनल पब्लिक स्कुल र साधारण मावि महेन्द्रनगर लाई हराउँदै फाइनलमा पुगेको बैजनाथ मावि जडेपानीबिच फाइनलमा प्रतिस्पर्धा भएको थियो। फाइनल खेलमा बैजनाथ मावि जडेपानीलाई २-१३ को फराकिलो गोल अन्तरले हराउँदै इन्टरनेसनल पब्लिक स्कुलले प्रथम स्थान हात पार्न सफल भएको हो ।

प्रतियोगिताको विजेता बने सँगै इन्टरनेसनल पब्लिक स्कुलले नगद पुरस्कार रू ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय स्थान सहित बैजनाथ मावि जडेपानीले रू २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा बैजनाथ मावि जडेपानीका खेलाडी धिरेन्द्र दमाइ म्यान अफ दि म्याच भएका थिए ।

ज्ञान भण्डारका सञ्चालक तथा स्वर्गीय वासुदेव बोहराका जेष्ठ सुपुत्र गौरव बोहराको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि कञ्चनपुर जिल्ला खेलकुद विकास समितका अध्यक्ष कुवेर खड्का रहेका थिए भने प्याब्सनका सचिव राकेश चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागि वक्ताहरूले खेलकुद तथा शिक्षाको क्षेत्रमा ज्ञान भण्डारका संस्थापक स्वर्गीय बोहराको योगदानको प्रशंसा गर्दै उनका सुपुत्रहरुले समेत उहाँको कार्यलाई निरन्तरता दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

ताजा खबर

सोह्र श्राद्ध आजदेखि सुरु

काठमाडौँ – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र...

मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे नवनिर्मित भवन उद्घाटन

कञ्चनपुर-कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो...

एमाले उप–महासचिव ज्ञवाली धनगढीमा, तीन दिने प्रशिक्षण प्रारम्

धनगढी -आइतवारदेखि धनगढीमा तीन दिने प्रशिक्षक/ प्रशिक्षण कार्यक्रम सुरु...

राजनीतिसँगै साहित्य क्षेत्रमा सकृय सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावललाई राष्ट्रपति पौडेलले अभिनन्दन गर्ने

कैलाली- सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह...

महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर वेपत्ता

कञ्चनपुर -  महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?