एमाले उप–महासचिव ज्ञवाली धनगढीमा, तीन दिने प्रशिक्षण प्रारम्

धनगढी -आइतवारदेखि धनगढीमा तीन दिने प्रशिक्षक/ प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जिल्ला कमिटीका पदाधिकारी र सदस्य, नगर, गाउँ कमिटी तथा लेखा आयोगका पदाधिकारीहरुलाई पार्टीको नीति, सिद्धान्त र बिचारमा पुनःताजगी गराउन प्रशिक्षण थालिएको हो ।
नेकपा (एमाले) स्कुल विभागको आयोजनामा प्रशिक्षण सुरु भएको र यसले कार्यकर्ताहरुमा बैचारिक र नीतिगत एकरुपता आउने विश्वास गरिएको स्कुल विभागका सुदूरपश्चिम संयोजक तथा पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले बताए । भोलि देखि कञ्चनपुरमा पनि तीन दिने प्रशिक्षण सुरु हुने छ ।
पहिलो दिन पार्टीका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली र घनश्याम कोइरालाले प्रशिक्षण दिए । कार्यक्रममा पार्टी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थिति थियो । ज्ञवालीले महाधिवेशनबाट पारित कार्यक्रम, जवजको विकासक्रम, नीति र कार्यदिशा बारे प्रशिक्षण दिए ।
जिल्ला अधिवेशन पश्चात पहिलो पटक प्रशिक्षक/प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र असोज १ गतेसम्म चल्ने जिल्ला कमिटी अध्यक्ष यज्ञ ढुंगानाले जानकारी दिए ।

ताजा खबर

सोह्र श्राद्ध आजदेखि सुरु

काठमाडौँ – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र...

दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि ईन्टरनेस्नल पव्लिक स्कुल लाई

कञ्चनपुर – दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिता...

मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे नवनिर्मित भवन उद्घाटन

कञ्चनपुर-कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो...

राजनीतिसँगै साहित्य क्षेत्रमा सकृय सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावललाई राष्ट्रपति पौडेलले अभिनन्दन गर्ने

कैलाली- सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह...

महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर वेपत्ता

कञ्चनपुर -  महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?