महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर वेपत्ता

कञ्चनपुर –  महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर वेपत्ता भएका छन । शनिबार दाउरा महाकाली नदीमा दाउरा निकाल्ने क्रममा वेपत्ता भएका दुई मध्ये एक किशोरको शव फेला परेको छ भने अर्का किशोर अझै वेपत्ता रहेका छन ।

भीमदत्त नगरपालिका १२ ऐरीका १८ बर्षिया सौरभ नेपालीको शव केही पर दक्षिण झोलुङ्गेपुल क्षेत्रमा फेला परेको छ । भने अर्का किशोर १७ बर्षिया अभि नेपालीको शव अझै फेला परेको छैन । स्थानीय अगुवा अमिर तिरुवाले महाकाली नदीमा स्थानीयहरुले दाउरा निकाल्ने गरेको र शनिबार पनि दाउरा निकाल्न जाने क्रममा बाबु दाजुभाईका छोराहरु अभि र सौरब पनि महाकाली नदीमा दाउरा निकाल्ने क्रममा डुवेर वेपत्ता भएको बताए ।

महाकाली नदीमा वाढी आएसंगै पहाडबाट बगेर आउने दाउरा निकाल्न तटिय क्षेत्रका स्थानीयले जोखिम मोल्दै आएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वेपत्ता अर्का किशोरको खोजी कार्य भईरहेको जनाएको छ । महाकाली नदी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी अहिले खटिएका छन।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?