सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर – सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशमा भएका लैंगिक मैत्री प्रथाहरुको प्रचार, प्रसार नहुने गरेको र कुप्रथा बारे मात्रै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचारित गर्ने प्रवृत्ति हाबी रहेको भन्दै रोष प्रकट गरेका छन् ।
बिहीबार महेन्द्रनगरमा गैर सरकारी संस्था साथी र कञ्चनपुर जिल्ला फुटबल संघको संयुक्त आयोजनामा संचालित ‘लैंगिक समानताको लागि पुरुष तथा युवाहरुको संलग्नता’ विषयक कार्यशाला गोष्ठीमा रावलले रोष प्रकट गरेका हुन् । उनले सुदूरपश्चिममा रहेका कुप्रथाहरुलाई हटाउदै जानुपर्ने र लैंगिक मैत्री प्रथाहरुको प्रचारमा जोड् दिनुपर्ने बताए ।
‘हाम्रो समाजमा चैतालो, भिटौलो र माघमा दिदीबहिनीहरुलाई अन्नी दिने जस्ता राम्रा प्रचलनहरु छन्,’ नेकपा (एमाले) का पोलिटब्युरो सदस्य समेत रहेका नेता रावलले भने, ‘यस्ता पर्वहरुमा साथी संस्थाको साथित्व चाहिन्छ÷खोजिनु पर्दछ ।’
उनले साथी संस्थाले फुटबलमा लागेका युवाबीच लैंगिक समानता प्रवद्र्धन सम्बन्धि कार्यशाला गोष्ठी आयोजना गर्नु निक्कै सकारात्मक भएको र अन्य खेल संघहरुले पनि साझेदारीमा यस्ता कार्यक्रम गरी युवा खेलाडीबीच लैंगिक समानताबारे सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
‘खेल जगतमा घटित भइरहेका यौन हिंसा र महिला तथा पुरुष खेलाडीका बीचमा सेवा, सुविधा र अवसरहरुमा भइरहेको बिभेदको अन्त हुनुपर्छ,’ पूर्व मुख्यमन्त्री रावलले भने, ‘युवा खेलाडीहरु लागूऔषध लगायत अन्य कुलतमा फस्न थालेका छन्, खेल परिसरहरुलाई चुरोट, सुर्ती र मदिराजन्य पदार्थ निषेध क्षेत्र बनाउनु आवश्यक छ ।’
उनले लैंगिक समानताका लागि महिला र पुरुष खेलाडीका बीचमा यस्ता सचेतनाका कार्यक्रमहरु अझै आवश्यक रहेको औल्याउदै महिला र पुरुष खेलाडी बीच अधिकार, अवसर र रोजगारको समान बितरण हुनुपर्ने बताए । ‘पैतृक सम्पत्ती, नागरिकता र रोजगारका अवसरहरुमा समानताका लागि राज्यले कानूनी प्रत्याभूति दिनुपर्छ,’ उनले भने ।
साथीका अध्यक्ष सगिता अमात्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यशाला गोष्ठीको सञ्चालन संघका महासचिव नितेष रावलले गरेका थिए ।
कार्यक्रममा फुटबल संघका प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ, जिल्ला अध्यक्ष गणेश चन्द, भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्ट, ओलम्पियन डम्बर भट्ट, कबड्डीका पूर्व राष्ट्रिय प्रशिक्षक तारा सिंह भाट, हेन्डबलका प्रशिक्षक हरिश चन्द, सामाजिक अभियान्ता लिलाध्वज बस्नेतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण साथी संस्थाकी बन्दना राणाले गरेकी थिइन ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?