पर्यटन बोर्डमा दक्षता नभएकाहरु काे हाली मुहाली हुदा पर्यटन क्षेत्रको विकास हुन सकेन

सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले पर्यटन बोर्डमा दक्षता नभएकाहरुलाई नियुक्त गर्दा सुदुरपश्चिमको पर्यटन व्यवशाय अघि बढ्न नसकेको वताउनु भएको छ ।
सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले पर्यटन बोर्डमा बौद्धिक क्षमताका मान्छे भन्दा पनी पहुच र पैसाहुनेहरु जादा पर्यटन क्षेत्रको विकास हुन नसकेको वताउनु भएको छ । शनिवार होटल व्यवशायी संघ कञ्चनपुरको २७ ओं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशनको महेन्द्रनगरमा उद्घाटन गर्दै पुर्व मुख्यमन्त्री रावलले दक्षता नभएका व्यक्तीहरु पर्यटन वोर्डमा भएकाले पर्यटन स्पष्ट भिजन आउन नसकेको वताउनु भएको हो । साथै उहाले होटल व्यवशाय नेटवर्कीङ्ग व्यवशाय भएकाले सुदुरपश्चिमको पर्यटन पर्वद्धनका लागी अन्तराष्ट्रीय स्तरमा पहल गर्नु पर्ने समेत वताउनु भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती तथा होटल व्यवशायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले यस कार्य समितीले व्यवशायीहरुको हक हितमा काम गर्दै आएको भन्दै अवको विकास सुदुरपश्चिमबाट हुन्छ भन्ने सपना देखेको वताउनु भयो साथै उहाले हामीहरुले गरेको कामको परिणाम थारै आउको हुदा सरकारले यस क्षेत्रमा दक्ष जनशक्ती उत्पादनको लागी सहयोग गर्नु पर्ने समेत वताउनु भयो ।
होटल व्यवशायी संघ कञ्चनपुरले संस्थाका संस्थापक अध्यक्ष गंगाराम गिरी लगायत सस्थाको स्थापना कालदेखी हाल सम्म सहयोग गर्ने महानुभावहरुलाई सम्मान समेत गरेको छ भने नया कार्यसमिती समेत चयन गर्ने तयारी गरेको छ ।

ताजा खबर

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

गणेश सामुदायिक वनको २५ बर्षे यात्रा

 विकास सिह महता कञ्चनपुर, २६ असोज कञ्चनपुरको उत्तरी भेगमा रहेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?