पर्यटन बोर्डमा दक्षता नभएकाहरु काे हाली मुहाली हुदा पर्यटन क्षेत्रको विकास हुन सकेन

सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले पर्यटन बोर्डमा दक्षता नभएकाहरुलाई नियुक्त गर्दा सुदुरपश्चिमको पर्यटन व्यवशाय अघि बढ्न नसकेको वताउनु भएको छ ।
सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले पर्यटन बोर्डमा बौद्धिक क्षमताका मान्छे भन्दा पनी पहुच र पैसाहुनेहरु जादा पर्यटन क्षेत्रको विकास हुन नसकेको वताउनु भएको छ । शनिवार होटल व्यवशायी संघ कञ्चनपुरको २७ ओं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशनको महेन्द्रनगरमा उद्घाटन गर्दै पुर्व मुख्यमन्त्री रावलले दक्षता नभएका व्यक्तीहरु पर्यटन वोर्डमा भएकाले पर्यटन स्पष्ट भिजन आउन नसकेको वताउनु भएको हो । साथै उहाले होटल व्यवशाय नेटवर्कीङ्ग व्यवशाय भएकाले सुदुरपश्चिमको पर्यटन पर्वद्धनका लागी अन्तराष्ट्रीय स्तरमा पहल गर्नु पर्ने समेत वताउनु भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती तथा होटल व्यवशायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले यस कार्य समितीले व्यवशायीहरुको हक हितमा काम गर्दै आएको भन्दै अवको विकास सुदुरपश्चिमबाट हुन्छ भन्ने सपना देखेको वताउनु भयो साथै उहाले हामीहरुले गरेको कामको परिणाम थारै आउको हुदा सरकारले यस क्षेत्रमा दक्ष जनशक्ती उत्पादनको लागी सहयोग गर्नु पर्ने समेत वताउनु भयो ।
होटल व्यवशायी संघ कञ्चनपुरले संस्थाका संस्थापक अध्यक्ष गंगाराम गिरी लगायत सस्थाको स्थापना कालदेखी हाल सम्म सहयोग गर्ने महानुभावहरुलाई सम्मान समेत गरेको छ भने नया कार्यसमिती समेत चयन गर्ने तयारी गरेको छ ।

ताजा खबर

न्यूनतम पारिश्रमिकभन्दा आधा तलबमा काम गर्दै भीमदत्तका निजी स्रोत शिक्षक

कञ्चनपुर — भीमदत्त नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा निजी स्रोतबाट कार्यरत...

बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, ७ भदौ  बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम...

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?