सुरेश चन्द ठकुरीको उत्कृष्ट अभिनयमा रहेको ‘फिर्ता दे मेरो माया’ सार्वजनिक

कञ्चनपुर – मन मुटुमा सजाएकी प्रेमिका परपुरुषसँग लागेपछि उत्पन्न भएको माहोललाई तथा पीडालाई समावेश गरेर फिर्ता दे मेरो माया’ सार्वजनिक भएको छ ।

सुरेश चन्द ठकुरी, हरिश भट्ट र ऐश्वर्य विष्टको अभिनय रहेको फिर्ता दे मेरो माया’ सार्वजनिक भएको हो। विसेस गरी बेङ्लोर घटनामा आधारित कथावस्तु समावेश गरिएको गीत ‘फिर्ता दे मेरो माया’ मा बाल कलाकारको भूमिका साम्राज्ञी चन्द ठकुरीले गरेका छन् । मन मुटुमा सजाएकी प्रेमिका परपुरुषसँग लागेपछि उत्पन्न भएको पीडालाई गीतमा समावेश गरिएको छ । आफ्नो जीवन संगिनीबाट पवित्र माया पाउनुपर्नेमा अर्कै परपुरुषसँगको प्रेममा परेपछि सहन नसकि आत्महत्या गरेको विषयवस्तुलाई गीत मार्फत दर्शाउन खोजिएको छ ।

भुवन प्रकाश बडुको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ । निक्कै मार्मिक एवं मन छुने गीतलाइ दर्शकहरुले अत्याधीक रुचाएको कलाकार सुरेश चन्द ठकुरीले वताउनु भएको छ । भूवन प्रकाश बडूको स्वर रहेको उक्त गीतमा बडूसँगै गायक भानुभक्त जोशीको लय र शब्द रहेको छ । विग परिवेश एचडी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई रिजेन बडूले एरेन्ज गरेका थिए भने जीवन बडूले मिक्सिङ्ग गरेका थिए ।

भीम थापाको निर्देशनमा बनेको गीतलाई अमृत उपाध्यायले छायांकन गरेका छन् । प्रविन रेश्मी मगरले सम्पादन गरेको उक्त गीत खप्तड फिल्मस्ले तयार पारेको हो । हम दुवै छुटौला भुणी, लायो माया होइन, धर्ती छोडन भन्दा अब, बिकल्प रहेन , रहेन प्यारि, स्वर्ग लै एकलोइ हुन्छु, तोइ सम्झी वाँ पनी रुन्छु, भाबुनी कर्मका होरा, कसा–कसा हालेइ, म जन्मौन्या मेरि इजु, आँसु जन ढाले, बाल बच्चा छाडेर गया, राखे इजु मेरो माया लगायत मन छुने शव्दहरु इस गितमा रहेका छन ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?