वेदकोट नगरपालिको नगर सभा सम्पन्न, ९८ करोड ५७ लाख ६४ हजार ९ सय ७५ रुपैयाँको बजेट पारित

कञ्चनपुर-कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ९८ करोड ५७ लाख ६४ हजार ९ सय ७५ रुपैयाँको बजेट पारित गरेको छ ।
नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा सोमवार आयोजना गरिएकोे १५ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ९८ करोड ५७ लाख ६४ हजार ९ सय ७५ रुपैयाँको बजेट पारित गरेको हो । नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख तुलसी जोशीले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि बजेट प्रस्तुत गर्नू भएको थियो । जस मध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त रु १४ करोड ५० लाख, राजश्व वाँडफाडबाट रु १३ करोड २४ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ कूल रु २८ करोड ७३ लाख ५९ हजार ५ सय, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त रु ३ करोड, संघीय समपुरक अनुदान रु। १ कराड २० लाख, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु १ करोड ३६ लाख २६ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त रु। १ करोड, सवारी साधन कर वाडफाँड शिर्षकमा प्राप्त रु ७८ लाख ८९ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत रु १ करोड, आगामि आ व को लागी प्रक्षेपित आन्तरिक आयश्रोत तर्फ रु ३ करोड ९० लाख ११ हजार ४ सय ७५, चालु आ।व।वाट खर्च नभई वाँकी रहन सक्ने अनुमानित रकम रु ६ करोड ८ लाख, सामाजिक सुरक्षा तथा संरक्षणतर्फ प्राप्त रकम रु २२ करोड अनुमान गरिएको छ ।
यसै गरि नगरसभामा आगामी आर्थिक वर्ष २०८१।०८२ का नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु हुदै नगरप्रमुख भोजराज बोहराले वेदकोट नगरपालिकालाई जनअपेक्षा अनुरुप विकासका चाहना पुरा गर्ने, स्थानीय सरकार र स्थानीयवासी बिचको सुमधुर सम्बन्ध कायम गर्ने, आधुनिक प्रविधि र मौलिक पहिचानको सम्मिश्रणवाट वेदकोटलाई समृद्ध, सुरक्षित र व्यवस्थित सहर बनाउने दृढ सङ्कल्प रहेको वताउनु भएको छ ।
साथै नगरपालिकाले अघि सारेको प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार, विकास साझेदारहरू, निजी क्षेत्र, अन्तर्राष्ट्रिय दातृ समुदाय, राजनितिक दलहरु, कर्मचारी, नगरवासी र सम्पूर्ण वुद्धिजीवी एवम् प्रवुद्ध वर्गमा हार्दिक अपिल समेत गगरिएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?