होली फेमली इङ्गलिश मिडियम माध्यमिक विद्यालय ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित

कञ्चनपुरको होली फेमली इङ्गलिश मिडियम माध्यमिक विद्यालय ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित भएको छ । विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन सहित सम्मान प्राप्त गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका –१० तिल्केनी स्थित होली फेमली इङ्गलिश मिडियम माध्यमिक विद्यालय ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित भएको हो । चन्द्रलोक प्रतिष्ठान काठमाडौंले गुणस्तरीय, प्रविधियुक्त शिक्षा र दक्ष शैक्षिक जनशक्ति उत्पादन गरी शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुगाएको भन्दै ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानीत गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको प्रमुख आतिथ्यमा आयोजित उक्त सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खडक सिह विष्टले सम्मानपत्र ग्रहण गरेका हुन । कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले विद्यालय लाई बधाई समेत दिएका थिए ।
यससंगै होली फेम्ली इङ्गलिश मिडियम माध्यमिक विद्यालय नेपालको गुणस्तरीय शिक्षामा सुदूरपश्चिम प्रदेशको उत्कृष्ठ शैक्षिक संस्था बन्न सफल भएको छ, । प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आईरहेको छ । ‘भौतिक पूर्वाधार, प्राविधिक, व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ठ शैक्षिक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल त्यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी, शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठानको तर्फबाट ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ प्रदान गरिएको छ ’ भनेर सम्मानपत्रमा उल्लेख गरिएको छ ।
होली फेमलीका संस्थापक चेयरमेन भुपाल सिह विष्टले उत्कृष्ठ शैक्षिक संस्था सम्मानले गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि थप हौसला मिलेको बताए । उनले विद्यालयलाई उत्कृष्ठ शैक्षिक गन्तव्य बनाउन सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक, शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थी र शुभचिन्तक सबैमा आभार सहित धन्यवाद दिएका छन् ।
हामी सबैको प्रयासले विद्यालयलाई एकपछि अर्को सफलता मिल्दै गएको वताउदै विष्टले खेलकुदमा पनि ठुलो लगानी रहेको र यसको लागी सबैलाई धन्यवाद तथा आभार व्यक्त गनुभएको छ । बिष्टले मिहेनती टिम र विद्यार्थी नै विद्यालयको गहना भएको वताउदै उहाले विद्यालयको सुधारका लागि आफु संधै तत्पर रहेको वताउनु भयो ।
२०५७ मा स्थापना गरिएको यस होली फेमली इङ्गलिश मिडियम माध्यमिक विद्यालयले शैक्षिक गतिविधि बाहेक खेलकूद र विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

 

 

ताजा खबर

खप्तड कृषि सहकारीद्वारा निर्मित दुग्ध संकलन केन्द्रको सार्वजनिक सुनुवाइ सम्पन्न

कञ्चनपुर ६ असार खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी अस्पताल तथा...

ब्रह्मदेव–टुँडिखेल सडक र वडा सचिवको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

कञ्चनपुर २ असार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९...

भीमदत्त–८ मा निःशुल्क आँखा शिविर, ४ सय ४४ जनाले लिए सेवा

कञ्चनपुर ३० जेठ विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति...

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?