बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यकी उम्मेदवार मगरलाई पुनर्वासका महिलाको साथ

नरेश राना
कञ्चनपुर, २२ कार्तिक
बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र १ प्रतिनिधी सभा सदस्यकी उम्मेदवार बिना मगरलाई पुनर्वास नगरपालिका क्षेत्रका महिलाले अटुट साथ दिएका छिन ।
बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(क) पुनर्वास नगरपालिका १० र ११मा घरदैलो कार्यक्रममा पुनर्वास नगरका स्थानीय सहित महिलाले पुर्वमन्त्री मगरको साथ दिएका हुन । ०७० देखि निरन्तर बिना मगरले जितेपनि हारेपनि उनकै साथमा रहेको बताउदै महिलाहरुले अझैपनि मगरकै साथमा हुने विश्वास दिएका छन ।
पुनर्वास नगरपालिका १० विकासबस्तीकी पदमा रानाले बिना मगरले जिते क्षेत्रकै महिलाको सान हुने भएकाले आफुहरु त बिनाले जितेपनि हारेपनि बिना मगरकै साथमा हुने बताएकी छिन ।
‘यस क्षेत्रबाट बिना मगर जितेर मन्त्री भए हामीलाई व्यक्तगत केही नदिएपनि क्षेत्रकोविकास गरेकै छिन, ‘उनले भनिन, ‘बिनासंग व्यक्तिगत स्वार्थ लुटन गएका केही मान्छे अहिले रिसाएका पनि छन, त्यो सत्य हो, अहिले उनीसंगै क्षेत्रका महिला र जनताको अपार साथ सर्मथन छ ।’
घरदैलो कार्यक्रममा पुर्वमन्त्री मगरलाई पुनर्वास ११ डोकेबजारकी सन्तोषी तामाङ्गले भव्य स्वागत गर्दै बिना मगर क्षेत्रकै गौरब भएको धारणा राखिन । ‘बिना मगर हाम्रो क्षेत्र मात्र होईन सुदूरपश्चिमकै गौरब हो, ‘उनले भनिन, ‘हामीलाई त केही दिएपनि नदिएपनि महिला भएका नाताले बिना मगरकै साथमा छौँ ।’
सन्तोषी तामाङ्गले उस्तरी केही पार्टीहरु महिलाको उत्थानका लागि अनेकन कोरा भाषण छाड्दै आएको बताउदै जबकी महिलाको पीडा, उत्थानका लागि बाम लोकतान्त्रिक गठबन्धनले महिला उम्मेदबार नै अघि सारेपछि हामीले पछि किन पर्ने भन्दै आम महिलाबाट बिना मगरलाई मत दिन आब्हान गरिन । घरदैलो कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १की प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, १(क) प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु राना, माओवादी समानुपातिक उम्मेदवारद्वय राम बहादुर देउकर(रक्तबिज), फुल्लन राना सहितका गठबन्धनका नेता कार्यकर्ता सहभागि भएका थिए । बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र १मा घरदैलो अभियान जारी राख्दै जनताको साथ सर्मथन पाईरहेको माओवादी नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता कञ्चन गिरीले बताए ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?