स्वतन्त्र उम्मेदवार पिताम्बर जोशी चुनावी प्रचारप्रसारलाई तिब्रता दिदै

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (१)का स्वतन्त्र उम्मेदवार पिताम्बर जोशीले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन्। उनी चिनावी प्रचारकै क्रममा बिहीबार भीमदत्त नगरपालिका–९स्थित खल्लामसेटी पुगेका छन्।

त्यहाँ घरदैलो गर्दै जोशीले भने, ‘भीमदत्तको दुर्गम बस्तीको रुपमा चिनिने खल्लामसेट्टीलाई कञ्चनपुरकै सुन्दर गाउँ बनाउन सकिन्छ, पर्यटकीय हिसाबले पनि यो बस्तीलाई चिनाउन सकिन्छ।’ निर्वाचित भएमा खल्लामसेट्टीका समस्या सामाधान गर्ने उनले बताए। ‘यो बस्तीलाई नगरकै नमूना गाउँ बनाउँछु,’उनले भने, ‘पर्यटकीय गतिबिधिलाई अगाडी बढाएर स्थानीय स्तरमै दिने प्रतिबद्धता गर्दछु।’ उनले भीमदत्तका ८, ९, १० र बेदकोट नगरपालिकाको ८ नम्बर वडामा घरदैलो अभियान गरिसकेका छन्।

यस्ता छन् एजेण्डा

जोशीले रोजगारी सृजना, विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन क्षमता अनुसारको रोजगारी (एक घर एक रोजगार) लाई प्रमुख एजेण्डा बनाएका छन्।

‘आफू निर्वाचित भएमा एक घर एक रोजगारको अवधारणा अनुसार स्थानीय स्तरमै क्षमता अनुसारको रोजगारी दिन्छु,’ उनले भने, ‘कञ्चनपुरमा आधुनिक विकासको मोडल तयार गरिनेछ, ग्रामीण क्षेत्रमा क्रमागत रुपमा पक्की सडक निर्माण गर्नेछु।’

स्थानीय उत्पादनसंग जोडिएको पर्यटन विकास, व्यवस्थित ग्रामिण विद्युतिकरणमा पूर्णता, जेष्ठ नागरिकहरुको सम्मानजनक सामाजिक सहजीकरण, स्थानीय स्तरमा व्यवसायको प्रवद्र्धन तथा विकासमा जोड दिने उनले बताए।

‘भष्ट्राचार रहित स्वच्छ, सकारात्मक, विकासशील समाज निर्माण गर्ने मेरो प्रतिबद्धता छ,’ उनले भने। प्रदेशसभा (१)मा निशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी र सिचाइँको सुविधा पुगाउने उनको भनाई छ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?