स्वतन्त्र उम्मेदवार पिताम्बर जोशी चुनावी प्रचारप्रसारलाई तिब्रता दिदै

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (१)का स्वतन्त्र उम्मेदवार पिताम्बर जोशीले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन्। उनी चिनावी प्रचारकै क्रममा बिहीबार भीमदत्त नगरपालिका–९स्थित खल्लामसेटी पुगेका छन्।

त्यहाँ घरदैलो गर्दै जोशीले भने, ‘भीमदत्तको दुर्गम बस्तीको रुपमा चिनिने खल्लामसेट्टीलाई कञ्चनपुरकै सुन्दर गाउँ बनाउन सकिन्छ, पर्यटकीय हिसाबले पनि यो बस्तीलाई चिनाउन सकिन्छ।’ निर्वाचित भएमा खल्लामसेट्टीका समस्या सामाधान गर्ने उनले बताए। ‘यो बस्तीलाई नगरकै नमूना गाउँ बनाउँछु,’उनले भने, ‘पर्यटकीय गतिबिधिलाई अगाडी बढाएर स्थानीय स्तरमै दिने प्रतिबद्धता गर्दछु।’ उनले भीमदत्तका ८, ९, १० र बेदकोट नगरपालिकाको ८ नम्बर वडामा घरदैलो अभियान गरिसकेका छन्।

यस्ता छन् एजेण्डा

जोशीले रोजगारी सृजना, विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन क्षमता अनुसारको रोजगारी (एक घर एक रोजगार) लाई प्रमुख एजेण्डा बनाएका छन्।

‘आफू निर्वाचित भएमा एक घर एक रोजगारको अवधारणा अनुसार स्थानीय स्तरमै क्षमता अनुसारको रोजगारी दिन्छु,’ उनले भने, ‘कञ्चनपुरमा आधुनिक विकासको मोडल तयार गरिनेछ, ग्रामीण क्षेत्रमा क्रमागत रुपमा पक्की सडक निर्माण गर्नेछु।’

स्थानीय उत्पादनसंग जोडिएको पर्यटन विकास, व्यवस्थित ग्रामिण विद्युतिकरणमा पूर्णता, जेष्ठ नागरिकहरुको सम्मानजनक सामाजिक सहजीकरण, स्थानीय स्तरमा व्यवसायको प्रवद्र्धन तथा विकासमा जोड दिने उनले बताए।

‘भष्ट्राचार रहित स्वच्छ, सकारात्मक, विकासशील समाज निर्माण गर्ने मेरो प्रतिबद्धता छ,’ उनले भने। प्रदेशसभा (१)मा निशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी र सिचाइँको सुविधा पुगाउने उनको भनाई छ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?